आमा गुमाएका तीन बालिकाको नाममा कोष
गाईघाट–आमा गुमाएका उदयपुरका तीन बालबालिकाको निम्ति कोष खडा भएको छ । चौदण्डीगढी नगरपालिका ९ भिमा दनुवारबस्ती बालिकाहरुको शिक्षा खर्चका लागि २ लाख ७ हजार रुपिँयाको कोष स्थापना गरिएको हो । नावालक बालिकाहरुको शिक्षा तथा पालनपोषणका लागि विभिन्न निकायबाट चन्दा संकलन गरी उक्त कोष खडा गरिएको हो ।
गत भदौ २६ गते सुत्केरी अवस्थामा आमा ३८ वर्षिया रामकुमारी दनुवारको जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो । आमाको मृत्युपछि अजिता, आईसा र अनुसा दनुवार टुहुरा बनेका छन् ।
प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठको अगुवाईमा चन्दा संकलन गरिएको थियो संकलित चन्दा रकम निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले एक कार्यक्रमकाबीच पीडित परिवारका आफन्त गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य सृजना दनुवारलाई हस्तान्तरण गरेका छन् ।
दनुवारले प्राप्त रकम जिल्ला स्थित कृषि बिकास बैंकमा बालिकाहरुको संरक्...

