Tuesday, June 30News That Matters

संसार

मोटरसाईकल दुर्घटनामा १ को मृत्यु २ घाईते

मोटरसाईकल दुर्घटनामा १ को मृत्यु २ घाईते

संसार
  सुनसरी, श्रावण ०३ गते ।  सुनसरीको गढी गाउँपालिका(५ मा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिवार अपरान्ह ५ बजेको समयमा तिनमोहडी  स्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ गईरहेको को १० प ४८७१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिदा  पानीको खाल्डोमा परी दुर्घटना भएको हो दुर्घटनामा परी मोटरसाईकल चालक गढी गाउँपालिका(६ का ३० बर्षीय राजेश्वर मण्डलको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई तत्काल उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएको थियो उपचारको क्रममै बेलुका ७ बजे मृत्यु मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मोटरसाईकल पछाडी सवार गढी गाउँपालिका(६ का २१ बर्षीय जितेन मण्डल र २२ बर्षीय कैलाश भन्ने राम नारायण मण्डल सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।...
समाजबाद र कम्युनिस्ट चाहनेले अमेरिका छाडे हुन्छ ः ट्रम्प

समाजबाद र कम्युनिस्ट चाहनेले अमेरिका छाडे हुन्छ ः ट्रम्प

समाचार, संसार
असार, ३१ गते ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौती ट्वीटमार्फत दिएका छन् । ट्रम्पले तीन पटक ट्वीट गर्दै खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीलाई समेत एक मुस्टमा प्रहार गरेका हुन् । अमेरिका समाजवादी र कम्युनिस्ट कहिलै हुन नसक्ने भन्दै यसबाट दुःखी हुनेहरु अमेरिका छाडे हुन्छ नत्र एक्लो छनौट हुने ट्रम्पले बताएका छन् । पछिल्लो समयमा आएर केही व्यक्तिले अमेरिकालाई घृणा गरिरहेकाले यस्ता व्यक्ति इजरायल विरोधी, अलकायदा समर्थक रहेको ट्रम्पले बताएका छन् । वामपन्थी डेमोक्र्याटहरुले खुला सिमाना चाहेको र त्यसबाट लागू पदार्थ, अपराध र मानव बेचबिखन जस्ता जघन्य कार्यलाई प्रोत्साहन दिन खोजेको ट्रम्पले आरोप लगाएका छन् । अमेरीकी सैनिक शक्तिको पुनर्गठन, सवै भन्दा कम बेरोजगारी, अहिलेसम्मकै उच्च स्टक मार्केट गर्नमा सफल भएकाले अमेरिका अहिलेजतिको बलियो ...
ग्रीकको निर्वाचनमा दक्षिणपन्थी पार्टी विजयी

ग्रीकको निर्वाचनमा दक्षिणपन्थी पार्टी विजयी

समाचार, संसार
आमनिर्वाच हुन भन्दा अगाडी गराईएको निर्वाचनमा मध्य दक्षिणपन्थी दल न्यू डेमोक्र्यासी विजयी भएको छ । अधिकांश जिल्लाका मतगणनाको परिणम आईसकेकाले बहालवाला प्रधानमन्त्री एलेक्सिस सिप्रासले प्रतिद्वन्द्वी क्रियाकस मिट्शोटाकिससँग पराजय भएको बताएको छ । न्यू डेमोक्र्यासीले अहिलेसम्म ३९ दशमलव ८ प्रतिशत मत हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको सिप्रासको सिरिजा पार्टीको पोल्टामा ३१ दशमलव ६ प्रतिशत मत खसेको छ । अहिलेको प्रक्षेपणले न्यू डेमोक्र्यासीलाई पूर्ण बहुमत दिएको छ । उसले संसद्मा ५० वटा थप सिट जितेको छ ।...
अमेरिकामा शक्तिशाली भूकम्प

अमेरिकामा शक्तिशाली भूकम्प

समाचार, संसार
अमेरिकाको साउदर्न क्यालिफोर्नियामा शक्तिशाली भुकम्प गएको छ । क्यालिफोर्नियामा शुक्रबार गएको ६.४ म्याग्नेच्यूडको भुकम्प दुई दशक यताकै शक्तिशाली भुकम्प मानिएको हो । अमेरिकी स्वतन्त्रता दिवसको दिन आएको भूकम्पले रिजक्रेस्टमा सवै भन्दा धेरै क्षती गरेको संचारमाध्यमहरुले जनाएको छ । रिजक्रेस्टको क्षेत्रीय अस्पतालबाट बिरामीलाई बाहिर निकालिएको छ भने अस्पतालमा करिब दुई दर्जन मानिसको सामान्य उपचार गराईरहेको छ । उक्त सहरमा अहिले संकटकालको घोषणा गरिएको सहरको मयेर पेगी व्रिडेनले जनाएका छ । मानिसहरु सामान्य घाईते भएको छ भने ग्यास लाइनका पाईपहरु फुटेका व्रिडेनले जनाएको छ ।...
आयोगको पहिलो महिला प्रमुख

आयोगको पहिलो महिला प्रमुख

संसार
पहिलो पटक युरोपेली आयोगका प्रमुखमा एक जना महिलालाई प्रस्ताव गरिएको छ । युरोपेली संघ ईयूका नेताहरूल प्रमुख छान्ने क्रममा एक जना महिलालाई प्रस्ताव गरेको हो । जर्मनीकी रक्षामन्त्री उर्जुला फोन डेर लायनलाई जाँ क्लोड युंकरको ठाउँमा प्रस्ताव गरिएको छ भने युरोपेली केन्द्रीय ब्याङ्कको प्रमुखमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लगार्डलाई मनोनयन गरिएको हो । निमै लामो दिनका वार्ताले उक्त व्यक्तिहरुको नाम घोषणा गरिएको थियो । उक्त क्षेत्रीय समूहको पाँच उच्च पदमा मनोनयन गर्न युरोपेली संघका नेताहरूले ब्रसल्समा तीन दिन बैठक गरेका थिए ।  ...
अपराधीको अनुहारबाटै सहि गलत छुट्याउने यन्त्र

अपराधीको अनुहारबाटै सहि गलत छुट्याउने यन्त्र

समाचार, संसार
असार १७ गते । सामान्य सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुले साचो बोल्छन् वा बोल्दैन अनुहार हेरेर नै पत्ता लगाउने भएको छ । बेलायतका एक स्टार्टअप फेससफ्टले आर्टिफिसियल इन्टेलीजेन्स सिस्टमबाट अनुहार हेरेर अपराधीले सहि बोलेको या गलत पत्ता लगाउने भएको हो । यस सिस्टममा सफट्वयरले अपराधीको अनुहार स्क्यान गरेर बोलेको कुरालाई सहि या झुटो पत्ता लगाउने छ । यसको ट्रायल बेलायत र भारतको मुम्बई प्रहरीले परिक्षण गर्ने भएको छ । एआई सिस्टममा ३० करोड भन्दा बढि अनुहारका भाव समेटिने भएको छ । मान्छेको मष्तिकमा खेलि रहेका कुराहरुलाई अनुहारमा प्रस्ट देख्न सकिन्छ । मनोवैज्ञानिकहरुले पहिलो पटक सन् १९६० मा यस्ता तथ्य पत्ता लगाएका थिए । वैज्ञानीकहरुले आत्महत्या गर्ने प्रयास गरेको केही व्यक्तिमा परीक्षण गरेको थियो । सिस्टमले कुनै मानिस अपराधीको अनुहारमा देखिने स्वभावलाई रेकर्ड गर्ने भएको छ ।...
हङ्गेरीको नदिमा डुङ्गा पल्टिदा ७ को मृत्यु १९ जना बेपत्ता

हङ्गेरीको नदिमा डुङ्गा पल्टिदा ७ को मृत्यु १९ जना बेपत्ता

संसार
उदयपुर, जेष्ठ १६ गने ।  हङ्गेरीको एक नदिमा डुङ्गा पल्टिदा ७ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएको छ । राजधानी बुडापेस्ट स्थित ड्यानुब नदीमा भएको दुर्घटनामा मृत्यु र बेपत्ता हुने दक्षिण कोरियाबाट आएका पर्यट रहेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । दुर्घटनामा भएका डुङ्गाामा ३३ जना सवार थिए । डुङ्गामा सवार अधिकांश दक्षिण कोरियी पर्यटक एमटीआई समाचारसंस्थाले उल्लेख गरेको छ । बुधवार राति करिब १० बजे नदीको किनारमा बाँधेर राखिएको डुङ्गामा अर्को डुङ्गा आएर ठोकिएपछि दुर्घटना भएको थियो । अत्याधिक वर्षा भएकाले नदीमा पानीको वहाव बढीको थियो । दुर्घटनामा आफ्ना १९ जना नागरिक हराएको दक्षिण कोरियाको विदेश मन्त्रालयले पुष्टि गरेको छ  भने एक सरकारी टोली पठाउने योजना बनाएको जनाईएको छ । डुङ्गा, गोताखोर, प्रकाश तथा रेडार उपकरणको प्रयोग गरि बेपत्ता भएकाहरुको खोजीकार्य तिब्र रुपमा गरिएको छ ।...
बीबीसीको पत्रकार पक्राउ

बीबीसीको पत्रकार पक्राउ

संसार
विविसीको पत्रकार टोलीलाई युगाण्डाको प्रहरीले राजधानी कम्पालामा पक्राउ गरि हिरासतमा राखेको छ । सरकारी औषधीका अवैध खरिद विक्रिबारे अनुसन्धान गर्दै गरेका पत्रकारहरुलाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको पत्रकारहरुलाई तत्काल रिहाई गर्न माग युगाण्डा सरकारी प्रवक्ताले गरेको रोयटर्स समाचार सस्थाले जनाएको छ | खरावी कामको तथ्य पत्ता लगाउन पत्रकारहरुले सरकारलाई नै सघाउ पु¥याएको बुझेका भएपनि प्रहरीले किन पक्राउ गरेको भन्ने बारेमा बझ्न नसकेको सरकारी प्रवक्ता अफवोनो अपोण्डोले रोयटर्सलाई जानकारी गराएको जनाईएको छ ।...
अमेरीकालाई चेतावनी दिए उत्तर कोरियाले

अमेरीकालाई चेतावनी दिए उत्तर कोरियाले

संसार
उत्तर कोरिया प्रति ट्रम्पले चालेको कदमको भतर््सना गर्दै परमाणु अस्त्र निश्शस्त्रीकरण प्रभावित हुने चेतावनी दिएको छ । दुई कोरिया विचको विवादको अन्य भएपनि ट्रम्पले आफ्ना अधिकारीहरू माथि लगाईएका प्रतिबन्धको कारण चेतावनी दिएको हो । कोरियामा प्रेस, रेडियो,र विदेशी चलचित्र हेर्न प्रतिबन्ध लगाई चलचित्र हेर्ने केहि मानिसहरूलाई थुनिएको जानकारी पाएपछि ट्रम्प प्रशासनले तीन उत्तर कोरियाली अधिकारीहरूलाई प्रतिबन्ध लगाएको थियो । अमेरिकाको नयाँ प्रतिबन्ध घोषणाले उत्तर कोरियालाई परमाणु कार्यमा कुनै फेरबदलको दबाव नदिने बताएको छ । उत्तर कोरियाली नेता किम जङ अनले एक वक्तव्यमा ट्रम्पको कदम प्रति आफु स्तब्ध र क्रुद्ध भएको प्रतिक्रिया दिएको छ । कोरियाली समाचार संस्था केसीएनएले छापेको वक्तव्यमा अमेरिकी विदेश मन्त्रालय “दुई देशबीचको सम्बन्धलाई पुरानै अवस्थामा फर्काउन उद्धत रहेका” आरोप लगाएको छ । सं...
१२ लडाकू मारिए

१२ लडाकू मारिए

संसार
अफगानिस्तान सरकारी सुरक्षा बलको कारवाहिमा १२ तालिवान लडाकु मारिनुका साथै १८ जना पक्रेका छन् । पूर्वी प्रान्तमा तालिबान लडाकू विरुद्ध गरिएको कारबाहीमा १२ लडाकु मारिका छन् भने १८ जना पक्राउ परेका हुन् । खोगीआनी जिल्लाका विभिन्न गाउँमा लुकेर बसेका तालिबान आतङ्ककारीलाई लक्षित गरि २४ घण्टे हवाई तथा स्थल कारबाही गरिएको प्रान्तिय सरकारका प्रव्क्ता आरेफ नुरीले जानकारी दिएका हुन् । कारबाहीमा पक्राउ परेका १८ तालिबान लडाकूहरुलाई अनुसन्धानको लागि काबुल लगिएको सरकारी अधिकारीहरुले बताएका छन् ।...