पूर्णपुष्टि, साउन १२ । रुसको साईबेरिया क्षेत्रमा एउटा हेलिकप्टर दुर्घटना भएको छ । बिहीबार पर्यटक बोकेको निजि कप्पनीको एमआई– ८ हेलिकप्टर दुर्घटनाहुँदा ४ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् ।
रसियाको आपतकालीन मन्त्रालयको अल्ताई शाखा अनुसार दक्षिणी साइबेरियामा अवतरण गर्ने क्रममा आगो लागेको र बिजुलीको लाइनमा ठोक्किदाँ दुर्घटना भएको हो । जहाजमा १२ जना यात्रु र तीनजना चालक दलका सदस्य रहेको बताइएको छ तर आपतकालीन अवस्था मन्त्रालयले जहाजमा जम्मा १३ जना यात्रु रहेको जनाएको छ ।...
पूर्णपुष्टि, असार १ । बेलायती रक्षा मन्त्रालयमा भूपू गोर्खाहरुको मागबारे प्राविधिक स्तरको वार्ता भएको छ । नेपाली राजदूतावास र संयुक्त अधिराज्य (यूके) का रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा बिहीबार बैठक सम्पन्न भएको नेपाली दूतावास लण्डनले जनाएको छ ।
मन्त्रालयमा भएको बैठकमा र नेपाल सरकारको तर्फबाट नेपाली राजदूतावासकी उप–नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर (अवकास प्राप्त) जुदबहादुर गुरुङ्ग, धर्मबहादुर तामाङ, ज्ञानराज राई र बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका अधिकारीहरु सहभागि थिए ।
उक्त बैठकमा भूपू गोर्खाहरुका मुख्य मागहरु पेन्सन तथा कल्याणकारी विषयहरुमा विस्तृत छलफल भएको छ । यी सम्पूर्ण विषयमा रक्षा मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयले आन्तरिक ...
पूर्णपुष्टि, जेष्ठ २९ । स्कटल्याण्डका पूर्व प्रथम मन्त्री निकोला स्टर्जन पक्राउ परेकी छन् । स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र वित्तिय सम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धलाई लिएर उनलाई आइतबार पक्राउ गरिएको हो। एसएनपी स्कटिश स्वतन्त्रताको समर्थक हो।
प्रहरीले निकालेको विज्ञप्तीमा उनको नाम नलिई भनिएको छ ‘एक ५२ बर्षीया महिलालाई शंकास्पदका रुपमा हिरासतमा लिएर सोधपुछ भईरहेको छ । गत अप्रिलमा उनका श्रीमान्, पूर्व एसएनपी प्रमुख कार्यकारी पिटर मुरेलको गिरफ्तारी र रिहाई पछि उनलाई पनि पक्राउ गरिएको हो । स्टर्जनका प्रवक्ताले पुष्टी गरे कि उनी आइतवार प्रहरी अनुसन्धानमा भाग लिएकी थिइन्।
प्रवक्ताले भने कि, निकोला स्टर्जनले आइतवार पुलिस स्कटल्याण्डसँगको एक अन्तर्वार्तामा भाग लिइन्, जहाँ उनलाई पक्राउ गरिएको थियो र अपरेशन ब्रांचफांर्मको सम्बन्धमा सोधपुछ गरिएको थियो ।...
पूर्णपुष्टि, चैत १० । भारतको लोकसभा सचिवालयले राहुल गान्धीलाई लोक सभा सदस्य हुन अयोग्य रहेको घोषणा गरेको छ । प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य रहेको भारतीय सञ्चारमाध्यम टाईम्स अफ ईन्डियाले जनाएको छ ।
सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर अदालतमा मानहानी मुद्दा परेको थियो ।
राहुलले एक भाषणमा मोदिको आलोचना गर्दा ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए ।
सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै २ बर्ष जेल सजाय सुनाएको थियो । अदालतले गान्धीलाई आफ्नो फैसलावि...
पूर्णपुष्टि, चैत ३ । चिनका राष्ट्रपति सि जिनपिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा रुस भ्रमणमा जाने भएका छन् । चीनको विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ती निकालेर राष्ट्रपति सीले अर्को साता रुसको भ्रमण गर्ने घोषणा गरेको हो ।
रुस–युक्रेन युद्धले एक बर्ष पुरा गरिसकेको छ । सो युद्ध भएपछि पहिलो पटक सि रुस भ्रमणमा जान लागेका हुन् । चिनियाँ विदेशमन्त्रालयका अनुसार भ्रमणका क्रममा सी र पुटिनले दुई देशबीचको ‘रणनीतिक सहयोग’ का विषयमा छलफल गर्ने भएका छन् ।
वार्ताका क्रममा दुई देशबिच वृहत्त साझेदारी सम्बन्ध र रणनीतिक सहयोगको थप विकास गर्ने विषयमा छलफल हुनेछ भने अन्तर्राष्ट्रिय क्षेत्रमा रुस–चीन सहयोगलाई बलियो बनाउने सन्दर्भमा विचारको आदानप्रदान गरिने र धेरै महत्त्वपूर्ण द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर हुने बताईएको छ ।
चीनले युक्रेन युद्धको विषयमा आफूलाई तटस्थ शान्तिको पक्षमा प्रस...
पूर्णपुष्टि, फागुन २६ । सी जिपिङ तेसा्रे पटक चीनको राष्ट्रपतिमा निर्वाचित भएका छन् । ६९ बर्षीय सीलाई शुक्रबार जनकंग्रेसको १४ औं राष्ट्रिय अधिवेशनबाट सर्वसम्मतमा राष्ट्रपतिमा निर्वाचित गरेको हो ।
ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले उनलाई सर्वसम्मतीमा चयन गरेको समाचार एजेन्सी सिन्ह्राले जनाएको छ । उनि माओत्सेतुङपछिको शक्तिशाली नेता बनेका छन्।
सीविरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।...
पूर्णपुष्टि, फागुन २२ । बेलायतका राजा चाल्र्सले मेमा हुने आफ्नो राज्याभिषेकमा अमेरिका गएका छोरा–बुहारीलाई निम्तो दिएका छन् । बेलायत छोडेर अमेरिकामा बसिरहेका चार्ल्सका कान्छा छोरा ह्यारी र बुहारी मेघनलाई राज्याभिषेकमा बोलाईएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
राजा चाल्र्सको राज्याभिषेक समारोहमा ह्यारी र मेघन उपस्थित हुने वा नहुने भन्ने टुङ्गो लागिसकेको छैन् । ह्यारीले आफ्नो आत्मकथा ‘स्पेयर’ सार्वजनिक गरेपछि बेलायती राजपरिवार र ह्यारी–मेघन सम्बन्धमा तिक्तता आएको थियो । केही दिन अघि ह्यारी र उनकी पत्नी मेघन मार्कललाई बेलायतमा रहेको उनिहरुको घर खाली गर्न भनिएको द गार्डियनले जनाएको छ ।
ह्यारी र मेघनका एक जना प्रवक्ताले बेलायती राजपरिवारले उनीहरूलाई विन्डसर क्यासलनजिकै रहेको फ्रगमोर कटेज खाली गर्न भनेको बताएका छन् । खाली गर्न लगाईएको भवन १७ औं शताब्दीमा बनेको बताइन्छ । बेलायतका राजा च...
पूर्णपुष्टि, फागुन १६ । टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क पुनः एक पटक विश्वका सर्वाधिक धनी व्यक्तिको शीर्ष स्थानमा परेका छन् । ब्लुमबर्ग बिलियनेर इन्डेक्सको तथ्याकं अनुसार दोस्रो स्थानमा झरेका एलन मस्क पुन शिर्ष स्थानमा पुगेका हुन् ।
मस्कको सम्पत्तिमा २४ घण्टाभित्र ६.९८ अर्ब डलर वृद्धि भएको छ भने कुल सम्पत्ती १८७ अर्ब डलर पुगेको छ । हालसम्म शीर्ष स्थानमा बसेका फ्रान्सका अर्बपति बर्नार्ड अर्नाल्ट १८५ अर्ब डलरको कूल सम्पत्ति सहित दोस्रो स्थानमा झरेका छन् । पछिल्ला केही दिनदेखि मस्कको सम्पत्ति वृद्धि भइरहेको थियो, त्यसैले उनी पुनः शीर्ष स्थानमा पुग्ने सम्भावना प्रबल बन्दै गइरहेको थियो ।
मस्कले विश्वको सबैभन्दा धनी व्यक्ति र ईतिहासमा धेरै घाटा व्यहोर्ने व्यक्तिको रेकर्ड राखेका छन् । गत वर्षको अन्त्यमा मस्क २०० बिलियन डलरको सम्पत्ति गुमाउने पहिलो व्यक्ति बनेका थिए । उनको कुल सम्पत...
पूर्णपुष्टि, फागुन १२ गते । आज रुस–युक्रेन युद्धको १ बर्ष पुरा भएको छ । यस युद्धको वार्षिकीत्सवको पूर्वसन्ध्यामा संयुक्त राष्ट्र संघको महासभामा युक्रेनमाथि गर्दै आएको आक्रमण रुसले रोक्नुपर्ने प्रस्ताव बहुमतले पारित भएको छ ।
उक्त प्रस्तावको पक्षमा नेपालसहित १४१ देशले मत खसालेको थियो भने प्रस्तावको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआको मत थियो । त्यस्तै तटस्थ बस्नेमा चीन, भारत, इरान, दक्षिण अफ्रिका लगायतका ३२ देश रहेका छन् । सो महासभामा रुसले युक्रेनमाथि गर्दै आएको आक्रमणको भत्सर्ना भएको छ भने बिनाशर्त युद्ध रोक्ने, युक्रेनमा भएका रुसी सेना फिर्ता गर्नुपर्ने र सक्दो चाँडो शान्ति कायम गर्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित भएको छ ।
रुसले युक्रेनका चारवटा क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेपछि बढेको तनाव युद्धमा परिणत भएको थियो । २०२२ को फेब्रुअरी २४...