
टर्कीका भुकम्प पिडितलाई मेस्सिले ३.५ बिलियन युरो सहयोग गर्ने
पूर्णपुष्टि, माघ २६ गते । कतारमा विश्व विजेता बनेका लियोनेल मेस्सीले टर्की र सिरियाको भुकम्प पीडित परिवारका लागि ३.५ मिलियन युरो सहयोग गर्ने भएका छन् ।
अर्जेन्टिनाले आफ्नो फाउन्डेसनमार्फत सहायता पठाउन निर्देशन दिएको टर्कीका सञ्चारमाध्यम भक्स न्युजले जनाएको छ । लियो मेस्सी फाउन्डेसन एउटा पारिवारिक फाउन्डेसन हो । यस फाउन्डेसनले विश्वभरका बालबालिकाको स्वास्थ्य र शिक्षाको ख्याल राख्छ । लियोका जेठा भाइ म्याटियासले युनिसेफ सँगको साझेदारीमा सहयोगका गतिविधिहरू आयोजना गर्छन्।
युनिसेफसँगको सहकार्यमा सो रकम टर्की र सिरियाका भुकम्प पीडितका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । टर्की र सिरियामा गएको बिनाशकारी भुकम्पले ठुलो मानविय तथा भौतिक क्षती गरेको छ । विश्व स्वास्थ्य संगठनले सो भुकम्पमा परी २० हजार जनाको ज्यान गएको प्रक्षेपण गरेको छ । संसारभर देखि नै टर्की र सिरियाका भ...