Sunday, May 3News That Matters

समाचार

द.कोरियामा संकलित रकम बोनम्यारो पिडित शान्तिलाई हस्तान्तरण

द.कोरियामा संकलित रकम बोनम्यारो पिडित शान्तिलाई हस्तान्तरण

समाचार
उदयपुर, फागुन २६ गते उदयपुरको त्रियुगा नगरपालिका ११ बोक्से (नयाँबस्ती) की बोनम्यारो पिडित शान्ति राईलाई दक्षिण कोरियामा संकलन भएको सहयोग रकम आइतबार हस्तान्तरण गरिएको छ । कोरियामा कार्यरत उदयपुरका युवाहरु सन्जिब राई, निश्चल बान्तवा (मनोज) र गोपीकृष्ण राईको अगुवाईमा संकलित सहयोग रकम २ लाख ३३ हजार ६ सय २ रुपैया एक कार्यक्रमकाबीच मिडियामार्फत हस्तान्तरण गरिएको हो । शान्ति राई बचाउ अभियान समितिको पदाधिकारीहरुको रोहबरमा शान्तिकी बुवा डिगबहादुर र आमा रामकुमारी राईलाई मिडियाको तर्फबाट नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राईले हस्तान्तरण गर्नुभयो । शान्ति उपचारको क्रममा काठमाडौं रहेकीले उनको बुवाआमालाई रकम हस्तान्तरण गरिएको हो । योसंग शान्तिलाई २६ लाखको हाराहारीमा सहयोग रकम जुटेको शान्ति राई बचाउँ अभियान समितिका अध्यक्ष ज्ञान राईले बताउनुभयो । अस्पतालमा हुनुपर्ने विरामी शान्...
दुर्घटनामा बाबुको मृत्यु, छोरो गम्भिर

दुर्घटनामा बाबुको मृत्यु, छोरो गम्भिर

समाचार
उदयपुर, फागुन २५ गते । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ कमानमा शनिबार विहान सवारी दुर्घटनामा परी बाबुको घटनास्थलमै मृत्यु भएको छ भने छोरो गम्भिर घाइते भएका छन्  । नेपालटारदेखि गाईघाटतर्फ आउदै गरेको ना १ क ८३४७ नम्बरको टिफर र सोही दिसाबाट आउदै गरेको बा ९४ प ९४३२ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकलमा सवार बाबु बलबहादुर मगरको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाईकल चालक छोरो अन्दाजी २५ वर्षिय सुदन मगर गम्भिर घाइते भएका हुन् । सडकको घुम्तिमा मोटरसाईकल र टिफरबीच ओभरटेक गर्ने क्रममा दुर्घटना हुन पुगेको स्थानीयको भनाई छ । (प्रशिक्षार्थी पत्रकार नानु थापाको सहयोगमा)  ...
कटारीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु, अवस्था तनावग्रस्त

कटारीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु, अवस्था तनावग्रस्त

समाचार
उदयपुर, फागुन २२ गते । उदयपुरका कटारीको हस्पिटल चौकमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । कटारी नगरपालिका–४ हस्पिटल चौकमा बुधबार विहान करिब ११ बजे ट्रकको ठक्करबाट बालकको घटना स्थलमै मृत्यु भएको हो । नगरपालिका – ५ खाडीखोप निबासी दिल बहादुर राई को छोरा अन्दाजी ५ बर्षीय मौसम राईलाई ट्रकले ठक्कर दिदा घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । सिमेन्ट बोकेर कटारीबाट सोलुखुम्वु हिडेका ना ४ ख ८८९८ नम्वर ट्रकले बाटोमा हिडिराखेका बलकलाई ठक्कर दिएकोे ईलाका प्रहरी कार्यलय कटारीले जनाएको छ । बजार यरिया भित्र तिव्र गतिमा गुडेका ट्रकले आमा र दीदीसँग मामा घर जान  हिडेका बलकलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको उनका आफन्तजनले वताएका छन् । घटनापछि कटारी बजार तनाव ग्रस्त बनेको छ । ट्रकको ठक्करबाट मृत्यु भएको बालकको शव अझै घटना स्थलमै रहेको प्रहरीले जनाएको छ । गाडीको मालिक आउनु पर्ने...
बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

समाचार
उदयपुर, फागुन २१ गते । उदयपुरको चौदण्डीगढीमा बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेको छ । चौदण्डीगढी नगरपालिका– १ निबासी १४ वर्षीया बालिकालाई जवरजस्ति बलात्कार गरेको आरोपमा उक्त ठाउँको युवा पक्राउ परेको हो । बालिका बलात्कारको आरोपमा चौनपा–१ निबासी २५ वर्षिय मिन कुमार श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ । गत शुक्रबार राति करिब ७ बजे बालिकाको घरमा कोहि नभएको मौका छोपी श्रेष्ठले जबरजस्ती बलात्कार गरेको पीडितको उजुरी अनुसार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले आईतबार प्रहरीमा उजुरी गरेपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने मुन्दुम पदमार्ग

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने मुन्दुम पदमार्ग

पर्यटन, समाचार
उदयपुर, फागुन २१ गते ।   किराँत भाषा, सस्कार, सस्कृति र पहिचान बोकेको मुन्दु पदमार्गलार्ई पूर्वको एक उत्कृष्ट्र पदमार्ग तथा पर्यटकिय गन्तव्यका रुपमा विकास गर्ने भएको छ । भोजपुर जिल्ला अन्र्तरगतका पदमार्गलाई मध्यपहाडी क्षेत्रका नमूना पर्यटकीय क्षेत्रको रुपमा प्रवद्र्धन गर्न मैयुङ टेम्के साल्पा सिलिचङ पर्यटन प्रवद्र्धन केन्द्रले विकास गर्ने भएको हो । सरकारले नेपालको घुम्नै पर्ने एक सय गन्तव्यहरुमा मुन्दुम पदमार्गलाई पनि छनोट गरेकाले प्रवद्र्धनका लागि केन्द्रले गतिविधि बढाएको छ । करिब एक सय किलोमिटर लामो दुरीको पदमार्ग पुरा गर्न १३ दिन लाग्ने भएको छ । भोजपुर र खोटाङको सिमाना चखेवा भञ्ज्याङबाट मुन्दुम ट्रेल शुरु भई छिनामुखु, मेरुङडाँडा, हासपोखरी मैयुङ डाँडा, लौरीडाँडा रावाटार, साल्पा सिलिछो, सुन्तले हुँदै भोजपुर बजारसम्म पुग्नेछ । पदमार्ग किराँत भाषा, संस्कार, संस्कृ...
पुरानो उदयपुरगढीमा झण्डोत्तोलन र सरसफाई

पुरानो उदयपुरगढीमा झण्डोत्तोलन र सरसफाई

समाचार
उदयपुर, फागुन २० गते । संरक्षणको अभावले नामनिसान नै हराउन लागेको उदयपुरको एक ऐतिहासिक स्थल उदयपुरगढीमा सोमबार झण्डोत्तोलन तथा सरसफाई गरिएको छ । सेना दिवसको अवसर पारेर नेपाली सेनाको उदयपुरको बोक्सेस्थित रणशार्दुल गणले आयोजना गरेको कार्यक्रममा नेपाली सेनाको १८ नं. वाहिनीपति हिमांशु खड्का, उदयपुरगडी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर र लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले संयुक्तरुपमा झण्डोत्तोलन गरेको थियो । Vedio News https://www.youtube.com/watch?v=G5puqEESHHg&feature=youtu.be झण्डोत्तोलन तथा सरसफाई गरिएपछि स्थानीय सरकार र स्थानीबासिन्दाको संरक्षणमा चासो बढेको छ । राष्ट्रियता बलियो पार्न सबैको दायित्व रहेको भन्दै नेपाली सेनाले ऐतिहासिक स्थलको खोजी तथा संरक्षणमा चासो देखाएको खड्काले बताए । गाउँपालिकाको व्यवस्थापन, स्थानीयबासी, नागरिक समाज, पत्रकार, ...
विद्यालय सुचक सम्बिन्धि अन्तरक्रिया  तथा योजना कार्यक्रम

विद्यालय सुचक सम्बिन्धि अन्तरक्रिया तथा योजना कार्यक्रम

Breaking News 1, समाचार
बिक्रम राई  उदयपुर फागुन २० जाल्पा एकिकृत विकास समाज उदपुरको सहजीकरणमा जाल्पा आधारभुत विद्यालय नचने वतासेमा गुणस्तिरीय शिक्षा विद्यालय सुचाँङक सम्बन्धि अन्र्तक्रिया तथा योजना कार्यक्रम गरिएको छ । आईतबार रौतामाई गाउँपालिका वडा न ४ स्थित सो विद्यालयको सुचकहरुको बारेमा अन्र्तक्रियात्मक छलफल सँगै त्यसको योजना तर्जुमा पनि तयार पारिएको हो । वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग, जाल्पा एकिकृत विकास समाज उदयपुरको स्थलगत कार्यक्रम तथा जाल्पा आधारभुत विद्यालयको आयोजनामा अन्र्तक्रिया तथा योजना तर्जुमा समेत तयार पारिएको छ । रौतामाई गाउँपालिकाका ६० वटा विद्यालय मध्ये १५ वटा विकट तथा न्युन स्थरको विद्यालयहरुलाई संस्थाले विभिन्न क्षेत्रमा भौतिक सहयोग गर्दै आएको जाल्पा एकिकृत विकास समाज उदयपुरका कार्यक्रम संयोजक मिन प्रसाद रिजालले बताए । संस्थाले त्यस्ता १५ विद्यालयहरुलाई गुणस्तरीय श...
युवा हेमन्तले पुरस्कार रकम, बोनम्यारो पिडितलाई सहयोग गरे

युवा हेमन्तले पुरस्कार रकम, बोनम्यारो पिडितलाई सहयोग गरे

समाचार
उदयपुर, फागुन १९ गते ।  उदयपुरका एक युवाले आफुले पाएको पुरस्कार बोनम्यारो पिडितलाई सहयोग गरेका छन् । युवा उद्यमी हेमन्त भण्डारीले युवा उद्यमीको खोजी गरी प्रस्ताव लेखन तथा प्रस्तुतीकरण प्रतियोगितामा तृतिय भई हालै पाएको पाँच हजार रुपैया पुरस्कार त्रियुगा नगरपालिका १० बोक्से नयाँबस्तीकी बोनम्यारो पिडित शान्ति राईको उपचारका लागि सहयोग गरेका हुन् । पुरस्कार जस्तो कुरालाई कुनै राम्रो काममा लगाउने सोच बनाएका भण्डारीले खर्चको अभावमा उपचार गराउन नसकिरहेकी बोनम्यारो पिडित शान्तिलाई सहयोग गरेका हुन् । भण्डारीले शान्तिको घरमै पुगेर पत्रकार र शान्ति राई बचाउ अभियानका कोषाध्यक्ष प्रेमकुमार राईको रोहबरमा बुवा डिगबहादुर राईलाई पुरस्कारवापतको पैसा प्रदान गरेका हुन् । https://www.youtube.com/watch?v=w7ULEr0R8tk बोनम्यारो नै प्रत्यारोपण गर्नुपर्ने अवस्थाकी शान्तिको लागि थुप्रै सहयोगी मनहरु...
सय वर्षपछि रौतामा हिमपात

सय वर्षपछि रौतामा हिमपात

समाचार
उदयपुर, फागुन १८ गते । नेपाल मात्र नभई भारत लगायत छिमेकी देशका भक्तजनहरुको धार्मीक गन्तब्य बनेको उदयपुरको प्रमुख पर्यटकीय एवम् धार्मीक स्थल रौता पोखरी लामो समयपछि हिउँले सजिन पुग्यो । स्थानीयका अनुसार बाजे–बराजुको पालापछि अर्थात झण्डै सयवर्षपछिको हाराहारीमा रौतापोखरी र आसपासका गाउँठाउँ, बनपाखा हिउँले सजिसजाउ बनेको हो । २०७५ फागुन १६ गते एक्कासी यो सौभाग्य मिल्यो । जुन दिन उदयपुर जिल्लाका पहाडी लेखतर्फ अत्याधिक हिउँ प¥यो भने तल्लो तथा तराईका भुभागमा अहिलेसम्मकै धेरै असिना पर्यो । उक्त दिन देशभरी नै अत्याधिक हिउँ परेको थियो । सदरमुकाम गाईघाटदेखि नै रौताको डाँडापाखा सेतै सजिएको रमणीय दृष्य देख्न पाइयो । कसैले नसोचेको यो एउटा प्राकृतिको अनुपम क्षणको आनन्द लिन मानिसहरु रौतासम्म उक्लिए । हिउदे जाँडो विदा हुदैगर्दाको अवस्थामा परेको हिउँ र असिनाले जाँडो फर्काएकोछ । स्था...
गाउँमै निःशुल्क स्वास्थ्य शिविर

गाउँमै निःशुल्क स्वास्थ्य शिविर

समाचार
उदयपुर, फागुन १७ गते । विकट गाउँको महिलाहरुलाई लक्षित गर्दै उदयपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर भएको छ । त्रियुगा नगरपालिका–१५ रानिबासमा महिलाहरुमा हुने बच्चा दानी र स्तन सम्बन्धि मसस्याको निःशुल्क स्वास्थ्य शिविर भएको हो । वडाको आयोजनामा क्यान्सर रिलिफ सोसाईटी (रेस्फेक नेपाल)को सहयोगमा महिलाहरुमा हुने बच्चा दानीको मुखको क्यान्सर, स्तन क्यान्सर लगायतका महिलामा हुने समस्याको निःशुल्क स्वास्थ्य शिविर भएको थियो । विकट पहाडी तथा आर्थीक कम्जोरी भएका महिलाहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै शिविर संचालन गरेको वडाले जनाएको छ । शिविरमा ८७ जना महिलाहरुले सेवा लिएका छन् । महिलामा हुने विभिन्न समस्याहरुलाई कसरि थाहा पाउने भन्ने बारेमा शिविर संचालन हुनु भन्दा अगाडी परामर्श दिएको त्रिनपा वडा नं १५ को वडाध्यक्ष निरबहादुर मगरले बताए । गाउँमा आर्थीक तथा विभिन्न समस्याले वषौँ देखि रो...