ठाटीमा दुईदिनपछि मात्र सवारी चल्ने
पूर्णपुष्टि/उदयपुर, असार १३ गते
पहाडी जिल्लाहरु ओखलढुङ्गा, सोलु र खोटाङलाई जोड्ने सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्ड एक महिनादेखि बन्द रहेकोमा सुचारु हुन अझ दुईदिन लाग्ने भएको छ ।
सो सडकखण्डको ठाटी भन्ने ठाउँमा पहिरोले सडक एक महिनाअघि भत्काएसंगै यातायात सेवा बन्द भएको थियो । भत्किएको सडक मर्मतका लागि सडक भिडिजन कार्यालय लहानलाई एक महिनाको समय प्रदान गरेको थियो । कटारी नगरपालिकाले यातायात व्यवसायी, उद्योग वाणिज्य संघ, स्थानीय प्रशासन, प्रहरी लगायतका सरोकारवालाहरुसंग समन्वय गरी सडकलाई मर्मतका लागिग एकमहिने अवधी प्रदान गरेको थियो ।
सडक मर्मत कार्यका लागि दिइएको एक महिने समय आज पुरा भएपनि मर्मतका लागि अझ काम बाँकी रहेकाले दुईदिन पछि मात्र सञ्चालनमा ल्याउने कटारी नगरपालिकाले निर्णय गरेको छ ।
सडक डिभिजन कार्यालय लहानबाट साईडमा खटिएका इन्जिनियर चित्र रञ्जनका अनुसार करिब ...








