सरसफाई सप्ताह शुरु भएकै दिन ४५ टन फोहोर उठाइयो
केदार मगर/खोटाङ, ५ पुस गते
सफा र सुन्दर नगर बनाउन सरसफाई सप्ताह शुरु गरिएको रुपाकोट मझुवागढी नगरपालिकाबाट पहिलो दिनमै ४५ टन फोहोर उठाइएको छ । नगरपालिकाभित्र पर्ने जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट बुधबार एकै दिन ४५ टन फोहोर उठाइएको हो ।
दिक्तेलस्थित रत्नपार्कबाट शुरु गरिएको अभियानमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा क्षेत्र नम्बर १ (क)का राजन राई र क्षेत्र नम्बर २ (ख)का रामकुमार राई (पासाङ)ले सडकमा थुप्रिएको फोहोर उठाएर अभियानको उद्घाटन गर्नुभएको थियो । बजार वरपर जथाभावी फालिएको फोहोर उठाएर सोही नरगरपालिकाको वडा नम्बर ५ लफ्याङस्थित व्यवस्थापन केन्द्रमा पु¥याएर फालिएको छ ।
फोहोर नहटाएसम्म नगरपालिकालाई सफा र सुन्दर बनाउन नसकिने भएकाले वर्षौंदेखि थुपारिएको फोहोर हटाउन अभियान थालिएको नगर प्रमुख दिपनारायण रिजालले बताउनुभयो । “वर्षौंदेखि थुप्रिएको फोहोरलाई हटाए...








