Sunday, April 19News That Matters

डान्सबार सञ्चालकसहित तीन जना ग्राहक लुटपाट आरोपमा पक्राउ

पूर्णपुष्टि, असोज ७ । काठमाडौंको माछापोखरीस्थित फ्लोरिडा डान्सबारका सञ्चालकसहित तीन जनालाई ग्राहकमाथि लुटपाट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डान्सबार सञ्चालक काभ्रेको पाँचखालका ३२ वर्षीय शरद तामाङ, काभ्रेकै नमोबुद्धका २१ वर्षीय कृष्ण तामाङ र २६ वर्षीय अजय तामाङलाई पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यका अनुसार, सञ्चालक शरद तामाङकै योजनामा डान्सबारमा आएका ग्राहकहरूमाथि लुटपाट भएको थियो। यो समूहले डान्सबारका ग्राहकहरूसँग अनुचित रकम लिने, नदिए कुटपिट र लुटपाटसम्म गर्ने गरेको पाइएको छ। यस घटनाबारे ४ असोजमा प्रहरीमा निवेदन परेपछि अनुसन्धान थालिएको थियो। पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ। प्रहरीले यस प्रकरणमा थप अनुसन्धान जारी राखेको जनाएको छ।