
पूर्णपुष्टि, भदौ २५
ओखलढुंगामा अंशबण्डाको विषयमा विवाद हुँदा भाईले दाईको हत्या गरेको छ । खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्कका ६८ वर्षीय मित्र बहादुर तामाङको धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरि हत्या भएको हो ।
हत्यामा संलग्न उनकै आफ्नै भाई ६७ वर्षीय शेर बहादुर तामाङ र शेर बहादुरका छोरा ३६ वर्षीय बीर बहादुर तामाङ रहेका छन् । आज दिउसो साढे १२ बजे हत्या भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोली खटि गई हत्यामा प्रयोग भएको खुकुरी र दाऊसहित दुवै जनालाई पक्राउ गरेको हो ।
उनिहरुले अंशबण्डाको बिषयमा विवाद हुदाँ धारिलो हतियार खुकुरी र दाऊले टाउकोमा प्रहार गर्दा मित्र बहादुर तामाङको घटनास्थलमानै मृत्यु भएको थियो । थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली घटनास्थल पुगेको छ । उक्त स्थान जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ६० किमि पश्चिम उत्तरमा रहेको छ ।
