Saturday, June 6News That Matters

अग्नी पिडित राईलाई आर्थीक सहयोग

उदयपुर, चैत्र ६ गते ।

रौतामाई गाउँपालिका–५ धोद्रेका अग्नि पिडित भूपराज राईलाई उदयपुर सेवा समाज दक्षिण कोरिया र स्थानीयले आर्थीक सहयोग गरेको छ । सेवा समाज दक्षिण कोरिया र स्थानीयबासीले संकलन गरेको करिब ६० हजार रुपैयाँ सहयोग गरेको हो ।

उदयपुर सेवा समाज सस्थामार्फत दक्षिण कोरियामा भएका उदयपुरबासीहरुले संकलन गरेर पठाएको ३० हजार रुपैयाँ र स्थानीय टोल सुधार सस्था लगायतका विभिन्न संस्था र ब्यक्तिगत रुपमा संकलन भएको रकम एकमुष्ट रुपमा वडाध्यक्ष पाण्डव राई र वडा सदस्यहरु धनकुमार राई, सिताराम खत्रिले सामुहिक रुपमा हस्तान्तण गरेको स्थानीय युवा समाजसेवी सर्वधन राईले बताए । पशुपति मावि ज्यामिरे डाँडागाउँका शिक्षाकहरुले व्यक्तिगत रुपमा नगद २८ सय संकलन गरेर पिडित राईलाई हस्तान्तरण गरेको उनले बताए ।

सवै कुरा जलेर नष्ट भएपछि वडाले दिएको त्रिपाल मुनि रात कटाउँदै आएको राईलाई स्थानीयले नगद, खाद्यन्न लगायतका दैनिक आवश्यक सामाग्री सहयोग गर्दै आएको थियो ।

पिडित राईलाई तत्कला वडा कार्यालयले त्रिपाल, कम्बल उपलब्ध गराएको थियो । पालिकाले नगद १० हजार रुपैयाँ पिडितलाई दिई सकेको छ भने घरको छानोको लागी जस्ता पाता उपलब्ध गराउने जनाईएको छ ।

यस अघि दुकुर्चुङ टोल सुधार समाजले १२ हजार ६ सय ३० रुपैयाँ,े थाल २ थान, गिलास २ थान र चामल २ पाथी संकलन गरेर पिडित राईलाई स्थानिय जनप्रतिनिधिको रोहबरमा हस्तान्तरण गरेको टोल सुधार सामाजका संयोजक नरेन्द्र राईले बताए । पिडित राईलाई सहयोग गर्न मनसाय भएको र पहिला छुटेका केहि घरले सहयोग गर्ने जनाएको उनले बताए ।