Wednesday, April 22News That Matters

अजको राशी फल

आज मिति २०७६ साल भदौ २७ गते शुक्रबार, इ.स. २०१९ सेप्टेम्बर १३ तारिख, ने.सं. ११३९ ञलाथ्व, भाद्र शुक्लपक्षको चतुर्दशी तिथि ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशी हुनेहरुको लागि आजको दिन आय आर्जनका नयाँ कामको थालनि हुने छ । काम बन्ने छ । कृषि, पशुपालन तथा व्यापारबाट फाइदा हुनेछ । काम अनुसारको फल प्राप्त गर्न सकिने छ । दिगो फाईदा हुने कामको जग बसाउन  सकिने मौका आउने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बा)

बृष राशी हुनेहरुको लागि आजको दिन बादविवाद होला । धर्यताले लक्ष्य हासिल गर्न सकिएला । कामको शिलशिलामा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्नेछ । बुद्धिले काम गर्दा चिताएको काम बन्न सक्छ । राम्रो कामको थालनि गर्ने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशी हुनेहरुको लागि रोकिएका काम बन्नेछ । व्यावसायबाट राम्रो फाईदा हुने छ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशी हुनेहरुको लागि ख्याल नगरी काम गर्दा दुःख पाइने छ । काम बढी गर्नु पर्ला । धन खर्च हुने योग रहेको छ । स्वास्थ्यमा ध्यान दिनु होला । गोपनियता बाहिरीने समस्या हुनेछ । आफ्नो काम आफै गर्नु होला । सजग रहेर काम गर्नु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशी हुनेहरुको लागि आजको दिन घुमफिर र मनोरञ्जनमा वित्ने छ । प्रियजनसँग भेटघाट हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशी हुनेहरुका लागि आजको दिन अनावश्यक दुःख पाईने छ । चुनौतीलाई चिर्दै काम गर्दा सफल हुने छ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशी हुनेहरुको लागि आजको दिन लगनशीलताले परिस्थितिलाई बदल्नेछ । ढिलो लाभ हुने कामको सुरु हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

बृश्चिक राशी हुनेहरुको लागि आजको दिन हतारमा निर्णय गर्नाले अप्ठ्यारोमा पर्न सकिने भएकाले सजग रहनुहोला । आफन्तको सहयोगले काम बन्ने छ । काम दोहो¥याउनु पर्ला । विना काममा खर्च बढ्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशी हुनेहरुको लागि आजको दिन बुद्धि लगाएर काम गर्दा लक्ष्यमा पुग्न सकिएला । टाढिएका साथीभाइ नजिकिने छ । लगनशीलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । आफन्त टाढीन सक्छ । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशी हुनेहरुको लागि आजको दिन वादविवादले आँटेका काममा बाधा पुर्याउनेछ । मिहिनेत गर्नाले आयआर्जनको स्रोत बढ्नेछ । अध्ययनमा राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने योग रहेको छ । सजग भएर काम गर्नु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशी हुनेहरुको लागि पुरानो सफलताको महत्त्वाकांक्षा बढ्नेछ । विभिन्न अवसर आए पनि हतारमा निर्णय गर्दा समस्या आउनु सक्छ । सोचेको काममा बाधा पुग्नेछ । मिहिनेतले दिगो कामको जग बसाउने अवसर जुट्नेछ । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने योग रहेकोछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशी हुनेहरुको आजको दिन अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । खर्च बढी होला । आफन्तको सहयोगले काम बन्ने छ । गरेको कामको पछि फल प्राप्त हुनेछ ।