पूर्णपुष्टि, पुष १९ गते ।
झापाको मेचीनगर नगरपालिका–२ त्रिमार्ग चोक स्थितमा अटोको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० बर्षीय रविलाल दनुवार रहेका छन् ।
सोमबार साँझ ६ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे १ ह ७१५३ नम्बरको अटोले ठक्कर दिदा दनुवार घाईते भएका थिए । घाईते भएका दनुवारको उपचारको क्रममा बि एण्ड सि अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जानकारी दिएको छ । ठक्कर दिने अटो चालक ४० बर्षीय भुपाल बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
