Wednesday, July 1News That Matters

अति कम्जोर सदा वस्तीमा राहत वितरण

गाईघाट/बैशाख, २३ 

त्रियुगा नगरपालिका वडा नं ९ उत्रायीटोल लगाएत सदा वस्तीहरुमा राहत वितरण गरिएको छ । लकडाउनका कारण अन्य समुदायहरु भन्दा पनि अझै कम्जोर अवस्थामा चुलै बल्न नसकिरहेको सदा वस्तीहरु उत्रायीटोल, डाँडाटोल, गैरुन, रातमाटे, सयपत्रीटोलका सदाहरुलाई ग्लोवल फोरम अमेरिका र समता फाउण्डेसनको आर्थिक सहयोग र ग्लोवल फोरम काठमाण्डौँको समन्वयमा खाद्यन्न राहत उपलब्ध गराइएको हो ।

सदा परिवार लगाएत आसपासमा रहेका अन्य विपन्न तथा कम्जोर मिश्रित परिवारमा पनि खाद्यन्न वितरण गरिएको छ । खाद्यन्नको लागि दलित अधिकार संञ्जाल उदयपुरका अध्यक्ष दिलिप रसाइलीले ग्लोवल फोरम अमेरिकाका र समता फाउण्डेसन काठमाण्डौँ सँग प्रत्यक्ष सहजिकरण तथा समन्वय गर्नुभएको थियो ।

राहत प्याकेजमा प्रत्येक घर १० केजी चामल १ पोका नुन, १ पोका तेल, र १ केजी दाल गरी खाद्यन्न वितरण गरिएको छ । वडाले छनोट गरेको अति विपन्न ११० परिवारहरुलाई खाद्यन्न वितरण गरिएको वडाले जनाएको छ । सर्वपक्षिय राहत संकलन तथा वितरण समिति वडा नं ९ को मातहत बाट राहत वितरण गरिएको छ ।

लकडाउनमा सबै भन्दा बढी सदा वस्तीहरु मारमा परेको भन्दै रसाइलीले त्यस्ता वस्ती तथा परिवारमा सम्बन्धित निकायहरुको ध्यान पुग्नु पर्ने बताउनुभयो । उहाँले सदा वस्तीमा चुलै नवल्ने स्थिति पुगोको भन्दै त्यस्ता ठाउँको लागि खाद्यन्न पहल गुरेको बताउनुभयो । उहाँले १ चोटी उपलब्ध गराएको राहतले सँधै नपुग्ने र राहत वितरण कार्यहरु त्यस्तो वस्तिहरुमा निरन्तर हुनु पर्ने उहाँले बताउनुभयो ।