Tuesday, July 7News That Matters

अति बिपन्न समुदायको बालबालिकालाई न्यानो कपडा वितरण

पूर्णपुष्टि,पुष २८ । त्रियुगा नगरपालिका वडा नं। १२,का अति बिपन्न समुदायको बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरी वडाअध्यक्ष चुडाराज काफ्ले र नेस्पेक उदयपुरका अध्यक्ष अर्जन पोखरेलले संयक्त ५० जना बिपन्न बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको हो । वडा क्षेत्रका ५० जना बालबालिकालाई न्यानो कपडा स्वरुप ज्याकेट स्वीटर वितरण गरिएको छ ।



उक्त कार्यक्रमलाई त्रियुगा नगरपालिका–१२ ले सहयोग गरेको छ, भने नेस्पेक उदयपुरले आयोजना गरेको छ । दिन प्रतिदिन चिसो बढ्दै गएकोले बिपन्न परिवारलाई केहि हत सम्म राहत हुने बिश्वासका साथ वडाले अति पिन्न समुदायीका बालबालिकाहरुलाई पहिचान गरी न्यानो कपडा वितरण गरेको वडा अध्यक्ष चुडाराज काफ्लेले पोखरेलले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेस्पेक उदयपुरका उपाध्यक्ष खगन्द्र पोखरेलले बालबालिकाको हक र हितको निमित्त नेस्पेक उदयपुरले बिगत लामो समय देखि काम गर्दै आएकोमा जोड दिए ।

चिसोको समयमा बाललिकाहरु पातलो कपडा लगाएर विद्यालय जाने गरेका बालबालिका न्यानो कपडास्वरूप ज्याकेट स्वीटर, ट्राक पाएसँगै बालबालिकाहरु खुसी देखिएको छ । न्यानो कपडाअन्तर्गत बालबालिकालाई उपलब्ध गराइएको ज्याकेटले चिसो मौसममा राहत पुगेको अभिभावकले बताए ।