काठमाण्डौँ, बैशाख ७
एमालेले कुनै दलसँग गठबन्धन नगर्नै भन्दै अध्यक्ष के पि ओलिले बारम्बार बताउदै आउनु भएको थियो। तर सत्तारुढ दलले गठबन्धन गरेर चुनावमा जाने भएपछी चुनाबी परिणाम आफ्नो प्रतिकुल आउने आकलन गर्दै एमाले पनि गठबन्धन गरेर जाने निधोमा पुगेको छ । एमालेले कट्टर हिन्दु बादी दलदेखी कृश्चियन समर्थक दल सग गठबन्धन गर्न जिल्ला समिति लाई निर्देशन दिएको छ ।
एमाले महासचिव शंकर पोखरेलले पार्टीका जिल्ला इन्चार्ज र अध्यक्षलाई पत्र पठाउँदै राप्रपा नेपाल, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिसँग चुनावी तालमेल गर्न निर्देशन दिएका हुन् । पार्टीको प्रभाव र अवस्था हेरी तालमेल गर्न उनको निर्देशन छ ।
