Thursday, June 11News That Matters

अन्तर वडा स्तरीय पुरुष फुटवल प्रतियोगिताको उपाधि बर्गाछि फुटवल क्लवलाई

पूर्णपुष्टि,चैत्र १ । उदयपुरको त्रियुगा नगरपालिका वडा १४ साउनेमा सम्पन्न अन्तर वडा स्तरीय पुरुष फुटवल प्रतियोगिताको प्रथम उपाधि बर्गाछि फुटवल क्लवले उचालेको छ । बङ्गलबार सम्पन्न फाईनल खेलमा आयोजक टिम साउने फुटबल क्लवलाई ट्राईवेकरमा हराउँदै बर्गाछि फुटवल क्लवले प्रथम उपाधि आफ्नो पाल्टामा पार्न सफल भएको हो ।

प्रतियोगिताको निर्धारित समय सम्म दुवै टिमको तर्फबाट १–१ गोल भए पछि फाइनल खेल ट्राइवेकरमा परिणत भएको थियो । ट्राइवेकरमा बर्गाछि फुटबल क्लवका तर्फबाट टिम कप्तान पवन मगर,दिवस,रोमन,आशिष,दोमन राईले विपक्षी गोलपोसमा बल चुमाउने सफल भएको थियो । यता उमेश राईको गोल असफल रह्यो ।

त्यस्तै साउने फुटबल क्लवको तर्फबाट ट्राईवेकरमा बिबेक,पुकार,ध्रव र आसिम मगरले सहजै गोल गर्न सफल भएका थिए । यता सनम र सन्यमगरको फित्तलो प्रहारलाई बगार्छि फुटबल क्लवका गोर रक्षक दोमन राईले सहजै रोकिदिएको थियो । साउने फुटबल क्लवका टिम (सि)ले भने प्रतियोगिताको द्धितिय स्थान प्राप्त गरेको छ भने सोहि टिमका टिमले (बि)ले भने तृतिय स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगिताको बिजेता उप-बिजेता टिमहरुलाई युवा खेलकुद विकास समितिका अध्यक्ष नबिन श्रेष्ठ र स्थानीय नेता भुवन मगरले संयुक्त नगर सहित ट्रफि, मेडल प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।

समितिले प्रतियोगितामा सहभागित भएकाहरु मध्य उत्कृष्ट खेलाडिहरुलाई छनोट गरी जिल्लाको सदरमुकाम गाईघाटमा आयोजना हुने मेयर कप प्रतियोगितामा सहभागि गराउँने युवा खेलकुद विकास समिति साउनेका अध्यक्ष नबिन श्रेष्ठले बताउँनुभयो । साउेनमा छनोट गरिएका खेलाडिहरुलाई जिल्लादेखि अन्य ठाउँमा हुने खेलकुद प्रतियोगितामा सहभागिता गराउँने अध्यक्ष श्रेष्ठले बताउँनुभयो ।

उक्त प्रतियोगिता वडा युवा खेलकुद विकास समितिको आयोजना तथा त्रियुगा नगरपालिका १४ नं वडाको समन्वयमा सुरु भएको हो । गत सोमबार देखि सुरु भएको प्रतियोगितामा फुटबल तर्फका ६ टिमको सहभागिता रहेको थियो ।