Monday, April 20News That Matters

अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा गाईघाटमा सरोकारवालाहरु सँग छलफल तथा अन्तरक्रिया

पूर्णपुष्टि, मंसिर १७
अपाङग विकास संघ गाईघाट उदयपुरले अन्तराष्ट्रिय अपाङ्ग दिवस (थर्ड डिसेम्वर २०२१) को अवसरमा उदयपुरमा सरोकारवालाहरु सँग छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संघले सो अवसरको पूर्व सन्ध्यामा बिहिबार गाईघाट पिपलचोकमा दिप प्रज्वलन समेत गरेका थिए ।

अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले दया, मायामा सिमित राख्नु भन्दा पनि बढी सहयोग, अवसर, अधिकारहरुमा ध्यान दिनु पर्नेमा जोड दिप प्रज्वलन गरेको हो । उनिहरुलाई जिउन सहज बनाउन उज्वल कामहरुका साथ सेवा सुविधामा कसुर नराखी उज्वल जिवनको आशयका साथ दिप प्रज्वलन गरिएको हो । राज्यमा भएका सबै किसिमको मानिसहरुलाई एउटै अधिकार, निष्पक्षता स्वरुप उज्वल जिवन यापनका लागि समेत राज्यलाई दवाव दिँदै दिप प्रज्वलनले संज्ञा दिएको मानवअधिकारकर्मीहरुको भनाई छ ।शुक्रबार गाईघाट स्थित शिक्षक संगठनको सभाहलमा सरोकारवालाहरु सँग भएको अन्तरक्रियामा अपाङ्गता भएको व्यक्तिहरुलाई राज्यले दिनु पर्ने सेवा सुविधा र सवालहरुको बिषयमा गहिरो छलफल भएको संघका माहासचिव बुद्ध बहादुर श्रेष्ठले बताए ।

कार्यक्रममा शारिरिक अपाङ्गता भएको कुनै पनि व्यक्तिहरुलाई राज्यले दया माया भन्दा पनि अन्य व्यक्तिहरुलाई भन्दा बढी सेवा, सुविधा र प्रसस्त अवसरहरु दिएर सफल जिवन र राज्यको जिम्मेवारी व्यक्ति वनाउनका लागि तत्काल निति कार्ययोजनाहरु वनाउन अन्तरक्रियाले सहयोग पुराउने माहासचिव श्रेष्ठले बताए ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका सामाजिक विकास कमिटीका संयोजक मानवहादुर राई, सामाजिक विकास शाखा प्रमुख विश्वजित राई, र सिएमसी नेपालको संयोजक यसोदा राई लगायतको उपस्थिति रहेका थिए ।