
मिलन परियार
लिम्चुङबुङ/चैत्र,२३
लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका दिवस विश्वकर्माको भौतिक शरिर अन्य मानिसहरुको भन्दा फरक छ । उनि जन्मदै त्यस्तो अवस्थामा जन्मिएको हो । उनको देब्रे खुट्टा छोटो हुनुका साथै कुर्कुचा र घुडाको बिच भागमा हड्डी जोडिएको छैन । उ अहिले १० बर्षको भएको छ । डिडडुल गर्न सक्दैन स्कुल जाने रहर भएपनि जानक सकेको छैन् । बाहिर दिशापिशा पनि अरुले नै लग्नु पर्ने हुन्छ ।
विपन्न परिवारमा जन्मिएका विकलाई हिड्डुल गर्न बैशाखीको साहारा लिनु पर्छ उनको शरिरको सहजताका लागि आवश्यकता थुप्रै सामाग्रीहरु छैन् । उ शारिरिक अपाङ्गगताकै कारण पनि उसलाई अन्य व्यक्तिहरु भन्दा बढी साधनहरु आवश्यक परेता पनि उसलाई त्यो साधनहरु जुटाउन समेत आर्थिक छैन् ।
नेपाल सरकारको सामाजिक सुरक्षा भत्ता भनेर अपाङ्गगता भएको कुनै पनि व्यक्तिहरुलाई छुटाएको छ । तर त्यो सामाजिक सुरक्षा भत्ता अहिले सम्म विकले नपाएको गुनासो छ । यस अघि जिल्ला अपाङ्ग महासंघ, जिल्ला महिला तथा बालबालिका कार्यलय उदयपुर, र साबिकको नामेटार गाउँ विकास समिति र हालको रौतामाई गाउँपालिकाको माझखर्कमा बिभिन्न समयमा सिबिर सन्चालन हुदा पनि विकको भने परिचय पत्रनै बन्न सकेन ।
यसमा सरोकारवालाहरु र सम्बन्धित निकायहरुकै कम्जोरी र वेवस्ताको कारण पनि उनको अहिले सम्म परिचय पत्र बन्न नसकेको आमा सुजता विश्वकर्माले जानकारी दिनुभयो । उहाँले यस्तो व्यक्तिहरुलाई खोजी खोजी सरकार र सम्बन्धित पक्ष आफैले सहयोग गर्नु पर्नेमा आफुहरु यस्तो अशक्तलाई लिएर जादा पनि समस्याको सामाधान हुन नसकेको गुनासो गर्नु भयो ।
उहाँले गाउँमा सामान्य समस्या भएका ब्याक्तिहरु नेपाल सरकारले उपलब्ध गराउने सेवा सुबिधा पाएको र आफ्नो छोराको यस्तो अबस्था हुदा पनि कुनै सेवा सुबिधा नपाएकोमा आपत्ति जनाउनु भयो । उनिले यस्तो क्षेत्रमा पनि मानवहरु पहुँच र क्षमतालाई नै प्रयोग गर्ने आफुहरु अशक्त त्यसैमाथी गरिब कसरी पाउनु परिचयपत्र आमा सुजताले भन्नुभयो । छोरा को भबिस्य लागि आबस्यक सहयोग गरि दिन बाल बालिकाको क्षेत्रमा काम गरिरहेका संघ संस्था ,मानव अधिकार, स्थानीय सरकार लाई आग्रह समेत गरेको उहाँले गर्नुभयो ।
उक्त बालकको बिषयमा लिम्चुङ्बुङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष केसर कुमार खड्काले बालकको अवस्था हेर्दा दयनिय अवस्था भएको हुदा नेपाल सरकारको नियम अनुसार स्थानीय वडा सरकारको तर्फ बाट पहल गरि चाडै अपांगता परिचयपत्र उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।
