Saturday, June 6News That Matters

अब कक्षा ११ र १२ मा गणित बिषय अनिवार्य

पूर्णपुष्टि, माघ १७

ऐच्छिक विषयका रुपमा अध्यान गरिरहेको कक्षा ११ र १२ मा गणित र समाजिक अध्यान अब अनिवार्य बिषयमा राखिने भएको छ ।

यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो ।

गणित विषय अनिवार्य नभएमा उच्चशिक्षामा विज्ञान, प्रविधि र इञ्जिनीयरिङजस्ता विषयमा गम्भीर असर पर्ने सम्बन्धित विज्ञहरुको भनाई अनुसार यस बिषयलाई अनिवार्य गरिएको छ ।गणित सँगै सामाजिक अध्यान पनि अनिवार्य बिषयमा समावेश गरिएको छ । गणित विषयले विद्यार्थीमा हरेक विषयका बारेमा तार्किक, वस्तुगत तथा वैज्ञानिक ढङ्गले अध्ययन–विश्लेषण र मूल्याङ्कन गर्ने क्षमता एवम् विद्यार्थीलाई खोजअनुसन्धान गर्ने सामथ्र्यको विकास गराउने विज्ञको तर्क सहित गणित बिषय अनिवार्य बनाएको हो ।

गणित बिषय अलिक असहज रुपमा बिद्यार्थीहरुले लिने गरेको र धेरै विद्यार्थी उक्त विषयमा अनुत्तीर्ण हुने भएकाले ऐच्छिकमा राख्दा विद्यार्थीको बोझ घट्नुका साथै समग्रमा विद्यार्थीको राम्रो ग्रेड आउने विश्लेषणले गणितलाई अनिवार्यबाट हटाईको विज्ञहरुको भनाई थियो ।

नयाँ पाठ्यक्रममा गणितलाई ऐच्छिकमा राखिएमा सम्बन्धित विषय विज्ञबाट उठेको असन्तुष्टिलाई सम्बोधन गर्दै गणितलाई सामाजिक अध्ययन तथा जीवनोपयोगी झैँ अनिवार्यमा थप गर्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

यो निर्णय यसै शैक्षिकसत्रदेखि लागू हुनेछ । उक्त तहमा नेपाली र अङ्ग्रेजी विषय भने स्वतः अनिवार्य हुनेछ ।