
पूर्णपुष्टि, साउन २९
भोलिदेखि कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन चलिरहेकाले कतै–कतै पानी परे पनि भोलिदेखि लगातार झरीको संभावना नरहेको महाशाखाले जनाएको छ ।
दिउँसो धेरै ठाउँमा चर्को घाम लागे पनि केही ठाउँमा भने पानी पर्ने संभावना छ । तर मनसुन चलिरहेकाले बेलुकादेखि बिहानसम्म केही ठाउँमा पानी पर्ने छ । दिउँसो तातेको जमिन बेलुकी चिसो हुन थालेपछि राति र बिहानीपख पानी पर्नु स्वभाविक भएको महाशाखाले जनाएको छ ।
आज भने प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।
केही ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्न सक्नेछ । तर अबको केही दिन लगातार झरीको संभावना कतै पनि नभएको जनाईएको छ ।
