पूर्णपुष्टि, पुष २१ । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा हाँस्यकलाकार साथै चलचित्र निर्देशक दीपाश्री निरौला यती वेला भरिएको सिउँदो देखिएपछि निकै चर्चामा आईकि छिन् । नायक दिपकराज गिरीसँग चन्द्रगिरि पुगेकी दीपासँगको भिडियोलाई भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले टिकटकममा साभार गरेका थिए ।
टिकटक भिडियो भाइरल मात्र होइन गसिपको स्रोत समेत बन्न पुगेको छ । उक्त टिकटकमा दीपाश्रीले सिउँदोमा सिन्दुर लगाएर रातो साडिमा सजिएको देखिन्छ । कतिपयले दीपाले किन सिन्दूर लगाएर मन्दिरमा पुगिन् भनेर गसिप लेखिरहेका छन् । कतिपयले यो कुनै फिल्मको छायांकन हुन सक्ने अड्कल काटेका छन् ।
दीपकले फिल्मको पात्र राजाकै लवजमा बोलेका छन् भने दीपाश्रीको त्यो क्यारेक्टर लुक्स हो । दीपक(दीपासहितको टोली भालेश्वर पुगेर फिल्म सुटिङ गरिसकेको छ । निर्माता निर्मल शर्मा पनि दीपक(दीपासँगै भालेश्वर पुगेका थिए । खासमा दीपक(दीपा छायांकन भइरहेको फिल्म ‘छक्कापञ्जा ४’को गीत सुटिङका लागि चन्द्रागिरि उक्लिएका थिए ।
