Friday, May 22News That Matters

अमेरिकामा एकै दिन ४० हजार भन्दा बढी कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार १३

अमेरिकामा एकै दिन ४० हजारभन्दा  बढीमा  कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अमेरीका ४० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको संचारमाध्यमहरुले जनाएको छ ।

फ्लोरिडा राज्यमा मात्रै झन्डै ९ हजार  नयाँ सङ्क्रमित थपिएका छन् । जुन अघिल्लो दिनको तुलनामा ६२ प्रतिशतले बढी हो ।

कोरोना संक्रमित व्यक्तिहरूको सँख्या बढेसँगै फ्लोरिडा र टेक्सस दुवै राज्यले फेरि लकडाउन लगायतका प्रतिबन्ध लगाउन थालेका छन् ।

अमेरिकामा हालसम्म २५ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने १ लाख २७ हजारभन्दा धेरैले मृत्यु भएको छ ।