Friday, June 26News That Matters

अमेरिकी डलरको भाउँ बढ्दा, इतिहासकै कमजोर बन्यो नेपाली मुद्रा

पूर्णपुष्टि, फागुन २४ ।
अमेरिकी डलरको भाउँ बढेसँगै इतिहासकै कमजोर नेपाली मुद्रा बनेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेसँगै नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो ।
अर्थात अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्नेछ । पछिल्लो समय लगातार अमेरिकी मुद्रा वलियो बन्दै गएको छ ।
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल अमेरिकी अर्थतन्त्र वलियो बन्दै गएको छ । उनका अनुसार विश्वव्यापाी रुपमा पछिल्ले समय डलरको माग उच्च छ । माग उच्च हुँदा यसले मूल्य बढेको हो ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।
डलरको भाउँ उच्च हुँदा नेपालको अर्थतन्त्रमा नकरात्मक तथा सकरात्मक दुबै असर पर्न सक्ने अर्थविदहरुले औंल्याएका छन् । डलरको भाउ बढेलगत्तै विदेशी सामानहरू नेपालीका निम्ति महँगो हुन पुग्छन् । नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुनेगर्छ । तर भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्नसक्ने विज्ञहरु बताउँछन् । तर डलरको भाउ बढ्दा केही फाइदा पनि हुने गर्दछ । विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानीमा वृद्धि हुन्छ । अर्कोतर्फ वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई पनि यसले फाइदा पुग्ने हुन्छ । कैयौंले विदेशमा कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन् । उनीहरूको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ ।