
पूर्णपुष्टि, बैशाख २७ । अमेरिकाको पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छ्न । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो ।
अमेरिकी लेखक इ. जिन क्यारलले ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको मुद्धा लगाएकी थिईन् । साथै मानहानी गरेको आरोप पनि लगाएकी थिईन् । । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको द न्युयोर्क टाइम्समा उल्लेख छ । सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्न सक्छ।
यस फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा धक्का लाग्ने पक्का छ । ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् । ट्रम्पले आफूमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप लगातार खण्डन गर्दै आइरहेका थिए। यस फैसलाविरुद्ध ट्रम्पले अपिल गर्ने न्युयोर्क टाइम्सले जनाएको छ ।
