Saturday, May 16News That Matters

अरुको तुलनामा माओवादी मन्त्रीहरु त्यति धेरै बदनाम छैनन् : मन्त्री शर्मा

पूर्णपुष्टि, जेठ ६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अरुको तुलनामा माओवादी मन्त्रीहरु त्यति धेरै बदनाम नरहेको बताएकी छन् । शनिबार काठमाडौंमा प्रेस सेन्टरको प्रतिष्ठान प्रदेश समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले अरुको तुलनामा माओवादी मन्त्रीहरुकै कारण बढी काम भएको बताईन् ।

उनले अगाडी भनेका छन् ‘हिजो केपि ओलीले नेतृत्व गर्दा होस्, शेरबहादुर देउवाले वा जो सुकैले नेतृत्व गर्दा होस् बदमाशी गरे है भन्ने त्यस्तो कुरामा अरुको तुलनमा छैन् । उनले भनिन् प्रधानमन्त्रीले दुई कार्यकालबाट सिकेर परिपक्वता र सुझबुझका साथ स्टेप लिएर पछि नहट्ने गरी अघि बढाउनु भएको काम धेरै सकारात्मक छ ।

बिचको कार्याकाल त्यस्तै त्यस्तै भयो पहिलो कार्यकाल हामी भर्खर आन्दोलन बाट आएका थियौ, अलिबढी सिक्ने क्रममा नै थियौँ । तर तेस्रो कार्यकाल परिपक्वताका साथ अलि एकदमै बढी सुझबुझका साथ र स्टेप लिसकेपछि पछाडी नफर्किने गरेर जसरी कामका सुरुवात भएका छन् ‘उनले भनिन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमाको विषय जसरी उठिरहेको छ त्यसमा हामि नै बदमाश रहेछौ भने हामी पनि पछौं भन्ने कुरा ग्यारेन्टि छ , यसमा कसैले कसैलाई रक्षा गर्ने कुरा नआउने उनले बताईन् । आफ्नो टाउकामा आफैले आगो लगाउनु पर्ने र आगो लगाउन तयार भएनै भने अरु विक्रिति माथि हामी आगो लगाउन नसक्ने उनको भनाई छ । सरकारले यी काम को सुरुवात गरिरहँदा यस्को प्रचार प्रसार व्यवस्थित ढङ्गले हुन नसकेको बताईन् ।