
पूर्णपुष्टि,चैत्र १८ । असारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार त्रियुगा नगरपालिका वडा नम्बर १३मा अवस्थित पुरानो असारी सामुदायिक बन भवनमा सम्पन्न साधारण सभाले लिल बहादुर खड्का सहितको कार्यसमितिलाई पुर्णता दिएको हो ।
कार्यक्रममा उपस्थित उपभोक्ताहरुले उपाध्यक्ष राजन कुमार बस्नेत, कोषाध्यक्ष फुल कुमारी अधिकारी र सचिव हरि प्रसाद राउतलाई तालिले स्वागत गर्दै प्रस्तुत निर्णयमा सहमति जनाएका थिए । यता सदस्यहरुमा क्रमस मदनराज रेग्मी,डिल्लीसेर राई,राम बहादुर नेपाली, उर्मिला देवी राई, रविलाल चौधरी, लाल बहादुर सार्की र उर्मिला थापा रहेका छन् ।
असारी क्षेत्रको बिभिन्न टोल बिकास गरी १४ सय घर घुरी रहेका छन् ती मध्य २८४ घर धुरीले प्रत्यक्ष स्वच्छ खानेपानीको सेवा पाईरहको अध्यक्ष लिल बहादुर खड्काले बताउनुभयो । खड्काका अनुसार आफु २०७८ बैसाख महिनामा यस उपभोक्ता समितिमा निर्वाचित भएर आउँदा असारी क्षेत्रका खानेपानीको अवस्था निकै बेकराल अवस्था रहेको थियो । त्यो हाहाकार अवस्थालाई आफुले नेतृत्व गर्दा निकै कठिनाईहरु भोक्दै भएपनि असारी क्षेत्रका बिभिन्न टोल बिकासमा स्वच्छ खानेपानी खुवाउँन सफल भएको उहाले बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष नबिन कुमार चौधरी, इन्जीनियर सत्यनारायण झा. असारीका बिभिन्न टोल बिकासका अध्यक्ष तथा प्रतिनिधि साथै खानेपानी उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
