पूर्णपुष्टि,पुष २ । त्रियुगा नगरपालिका वडा नं. १३ मा रहेको असारी सामुदायिक वन उपभोक्ता समूहले नवनिर्मित भवन उद्घाटन साथै अति विपन्न परिवारलाई सिरक वितरण गरेका छन् । सोमबार एक कार्यक्रमको आयोजनामा त्रि.न.पा. १३ का वडा अध्यक्ष नविन कुमार चौधरीले नयाँ भवनको उद्घाटन गरेका हुन् ।

असारी सामुदायिक वन उपभोक्ता समुहले पहिलो चरण र दोस्रो चरण गरी जम्मा १९ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको असारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गोपाल सिङ दनुवारले बताए । उनका अनसार भवन निर्माण कार्य अन्तिम चरणमा भएको र अव करिव १ लाख रुपैयमा भवन सम्पुर्ण निर्माणका कार्य सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । भवन निर्माणमा सामुदायिक वनको एकलैटि आर्थिक सहयोगमा निर्माण भएको पनि उनले बताए ।

२०५१ सालमा स्थापना भएको सामुदायिक वन उपभोक्ता समितिले आजै देखि नयाँ भवनबाट स्थानीय उपभोक्तहरुलाई सेवा दिने असारी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष गोपाल सिङ दनुवारले बताए । सामुदायिक बनको नयाँ भवनको जग्गा ५ कठमा निर्माणधिन अवस्थमै रहेको उनले बताए ।
कार्यक्रममा वनले स्थानीय १७ जना विपन्न परिवारलाई जाडोमा न्यानो सिरक पनि वितरण गरेको छ । कार्यक्रममा १३ वडाका बिभिन्न ६ वटा टोल बिकास संस्थाका सदस्य तथा सामुदायीक बनका उपभोक्ताहरुको सहभागिता रहेको थियो ।



