
पूर्णपुष्टि, जेड ९ । राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउन सरकारले निर्णय लिएको छ । सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अबको प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले गरेको प्रस्ताव अनुसार राष्ट्रिय दिवस असोज २ गते मनाउने निर्णय गरेको बताईन् । मानव संसाधन विकास छात्रवृत्तिका लागी जापान सरकारबाट ४१ करोड बराबरको अनुदान र विद्यालय क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् । त्यस्तै विश्व बैंकबाट विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जनाईन् ।
