Wednesday, June 17News That Matters

अस्पतालका कर्मचारी कुटपिट गरेको अभियोगमा प्रशासन प्रमुख पक्राउ

पूर्णपुष्टि, भदौ ३० गते ।
सङ्खृुवासभा अस्पतालमा कार्यरत कर्मचारीलाई कुट्पिट गरेको अभियोगमा प्रहरीले प्रशासन प्रमुखलाई पक्रउ गरेको छ । हेल्थ असिस्टेन्ट(एचए) तथा निवर्तमान प्रशासन प्रमुख दिपेश श्रेष्ठलाई अस्पतालका कर्मचारी माथि कुट्पिट गरेको अभियोगमा पक्राउ परेको हो ।
पिडितको उजुरिका आधारमा बुधबार बिहान श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी विरेन्द्र गोदारले जानकारी । पक्राउ परेका एचए श्रेष्ठले अस्पतालका फार्मेसी इन्चार्ज धिरज रौनियर र अस्पतालका सूचना अधिकारी समेत रहेका मेडिकल रेकर्डर सुपरभाईजर शेखर खत्रीलाई मंगलबार साँझ साढे ७ बजे अस्पतालकै क्वाटरमा बसिरहेको अवस्थामा कुट्पिट गरेको अस्पताल सूचना अधिकारी खत्रीले जानकारी दिए ।
कुट्पिटपछि अस्तालका कर्मचारीसहित गएका पीडित रौनियार र खत्री तत्काल जिल्ला प्रहरी कार्यालय उजुरी दर्ता गराउन गएका थिए । यसअघि पनि श्रेष्ठले कर्मचारीहरुलाई हातपात गरेको आरोप थियो । केहि दिन अघि मात्र श्रेष्ठले प्रशासन प्रमुखको जिम्मेवारी अर्का एक हस्तान्तरण गरेका थिए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । कर्मचारी माथी आक्रमण भएपछि मंगलबार साँझ अस्पतालको सेवा समेत प्रभावित भएको थियो । कर्मचारी माथि आक्रमण भएपछि डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुमा क्रास फैलिएको थियो ।