
पूर्णपुष्टि, जेठ १६ । इन्डियन पिमियर लिग आईपिएल २०२३ को उपाधि चेन्नाई सुपर किङ्ग्सले जितेको छ । सोमबार राति नरेन्द मोदि स्टेडियममा भएको फाईनल खेलमा डिफेन्डिङ च्याम्पियन गुजरात टाईटंसलाई ५ विकेटले हराउँदै चेन्नाईले उपाधि चुमेको हो ।
टस जितेर फिल्डिङ रोजेको चेन्नाईलाई गुजरातले २१५ रनको विशाल लक्ष्य दिएको थियो । २१५ रनको लक्ष्य पछयाएको चेन्नाईले तिन बलमा ४ रन बनाउँदा बर्षाका कारण खेल केहीबेर रोकिएको थियो । पानी रोकिएपछि चेन्नाइले १५ ओभरमा १७१ रनको लक्ष्य पायो । चेन्नाईको लागी ओपनर रितुराज गायकवाडले १६ बलमा २६ रन बनाए भने देवोन कोन्वेले पच्चिस बलमा ४७ रन बनाए । अम्बाती रायुडुले ८ बलमा १९ रन बनाए ।
जितका लागी चेन्नाईलाई अन्तिम दुई बलमा १० रन आवश्यक थियो । अन्तिम दुई बलमा रवीन्द जहेजाले छक्का र चौका प्रहार गरेपछि चेन्नाईले उपाधि हात पारेको हो । जहेजाले ६ बलमा १५ रन बनाएका थिए । चेन्नाईले आईपिएलको पाचौं उपाधि जितेको छ ।
यसअघि गुजराजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो । गुजरातका लागी साई शुदर्सनले सार्वाधिक रन बनाए । उनले ४७ बलमा ९६ रन जोडेका थिए भने त्रद्धिमान शाहाले ५४ रन बनाए । त्यस्तै शुभमन गीलले २० बलमा ३९ रन बनाए । हार्दिक पांडियाले १२ बलमा २१ रन बनाए । यस सिजनमा सार्वाधिक १२ शतक प्रहार भएको छ ।
