Wednesday, May 27News That Matters

आगलागीमा क्षती पुगेका राज अटोलाई ग्यारेज ब्यवसायीहरुको आर्थिक सहयोग

पूर्णपुष्टि, १४ फागुन ।
आगलागीमा ठुलो क्षती बेहोरेका गाईघाटका राज अटो सेन्टरलाई गाईघाटका ग्यारेज ब्यवसायीहरुले आर्थिक सहयोग गरेको छ । पाटनदेवी वर्कसवका संञ्चालन मनोज कार्कीका अनुसार गाईघाटमा रहेका करिब ६५ ओटा ग्यारेजहरुबाट आर्थिक संकलन गरी आर्थिक सहयोग गरिएको जनाए ।

नेपला अटो मेकानिक जिल्ला कमिटीका अध्यक्ष घुरन बि.क सहितको पदाधिकारीहरुको उपस्थितिमा राज अटो सेन्टरका संञ्चालक राज कुमार ठाकुरलाई रु १ लाख १४ हजार ३२५ बराबरको आर्थिक रकम प्रदान गरिएको कार्कीले जनाए । एउटै पेशामा रहेर काम गरिरहेका कुनै पनि ब्यपारीलाई परेको समस्यानै सबै ब्यपारीको समस्या रहेको भन्दै सक्दो आर्थिक संकलन गरी सहयोग गरेको कार्कीको भनाई छ ।

ब्यपारीहरु फुटेर हैन सुख या दुख दुवै बखत जुटेर अघि बढ्न यस आर्थिक सहयोगको सन्देश रहेको अर्का ग्यारेज ब्यवसायी बाबुराम शाहले जनाए । आर्थिक सहयोग पाउँदा ठाकुरले खुसी ब्यक्त गरे । उनले आफ्नो १ करोड बढी आगलागीमा परेर क्षती बेहोरी रहेको बेला साथीभाई र अन्य क्षेत्रबाट पाएको सहयोगले मन हलुका भएको बताए । ठाकुरले अहिले पसल अर्कै ठाउँ सारेर ब्यवसाय गरिरहेको छ । उनको पसलमा गत मंसिरमा आगलागी भई पसलमा क्षती पुगेको थियो ।