Sunday, April 19News That Matters

आगलागीमा घम्भीर घाईते खनाल दम्पतिको उपचारको क्रममा मृत्यु

पूर्णपुष्टि, असोज ५
आगलागीमा परी घम्भीर घाईते भएका झापाका एक दम्पतिको गएराति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
्आगलागीमा परेर घाइते भएका झापा अर्जुनधारा–७ पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गाको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा गए राति अलग–अलग समयमा मृत्यु भएको हो ।
खनाल दम्पति सिलिण्डर ग्याँस फेर्ने क्रममा आगलागी हुँदा जलेर गम्भिर घाइते भएका थिए । आगलागीमा घाइते भएका छोरा पंकजको अवस्था भने सामान्य बन्दै गएको छ । उनी डिस्चार्ज हुने तयारीमा छन् । भदौ २६ गते साँझ ग्याँस लिक हुँदा खनालको घरमा आगलागी भएको थियो । घटनामा परिवारका चार जना घाइते भएका थिए ।
३ घण्टाको फरकमा मृत्यु भएको दम्पतिको अत्यष्टि काठमाण्डौँमै गर्ने तयारी भएको छिमेकीले जनाएको छ ।