पूर्णपुष्टि, माघ ५ गते । बिराटनगरमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१० लालिगुराँस चौककी ८० वर्षीया देवी यादव रहेकी छिन् ।
उनको आज बिहान आगोमा जलेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।वृद्धा महिलाको दुई छोरा बुहारी रहेका छन् । घटना सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
