Monday, May 4News That Matters

आज कोशी सरकरमा माओवादी केन्द्र सहभागी हुँदै

पूर्णपुष्टि, असार २४ । कोशी प्रदेश सरकारमा आज माओवादी केन्द्र सहभागी हुदैँछ । माओवादी केन्द्रबाट जीवन आचार्य आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुदैँछन् ।

काग्रेंस संसदीय दलका नेता उद्धव थापाले शुक्रबार मुख्यमन्त्रीको सपथ ग्रहण गरेसँगै दुई मन्त्री नियुक्त गरेका थिए । थापाले पहिलो चरणमा नेपाली काग्रेंस र एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री नियुक्त गरेका हुन् । कोशीको मुख्यमन्त्री उद्धव थापाले आज कागे्रंस र माओवादीका एक–एक जना मन्त्री नियुक्त गरी मन्त्रीपरिषद् बिस्तार गर्न लागेका हुन् ।

यसअघि नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पर्यटन मन्त्री रहेका आचार्यले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् । आचार्य माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डका कान्छा ज्वाइँ हुन्