
पूर्णपुष्टि, असोज १५ । मनसुनी वायुको प्रभावले देशभर मौसम प्रणालीमा परिवर्तन आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ ।
आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र वाग्मती प्रदेशमा आंशिकदेखि साधारण बदली रहने अनुमान गरिएको छ । अन्य प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। पहाडी भू-भागका एक-दुई स्थानमा भने वर्षाको सम्भावना रहेको छ ।
