
पूर्णपुष्टि,फागुन २३ । आज फागुपूर्णिमा अर्थात तराईका जिल्लाहरमा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो ।
सोहि अवसरमा उदयपुरका बिभिन्न ठाउँहरु होली उत्सवको अवसर परी भिन्निन संगितिक कार्यक्रमहरुको आयोजना गरिने भएको छ । गाईघाटको पिपल चोक, मेन चोक, विद्युतलाई लगताए अन्य चोक चोकमा होली बिशेष कार्यक्रमको आयोजना हुने भएको हो । उक्त कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको विशेष प्रस्तुती रहने छ ।
तराईमा गीत संगीतसहित एक अर्कालाई रंग दलेर आपसी सद्भावका साथ होली पर्व मनाइन्छ । होलीलाई पहाडी क्षेत्रमा फागु, मधेशमा होली र मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । आज तराईका जिल्लामा सार्वजानिक बिदा छ।
