Friday, June 26News That Matters

आज पोखरा विमानस्थलमा अन्तराष्ट्रिय उडान

पूर्णपुष्टि, असार ६ । आज पोखरा विमानस्थलमा पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय जहाज अवतरण गर्ने भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान साढे ९ बजे विमानस्थलमा अवतरण गर्ने तयारीमा छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहित १३० जना यात्रु रहने यो जहाज ११ बजे काठमाडौं फिर्ता हुनेछ । १ जनवरी २०२३ बाट सन्चालनमा आएको यस विमानस्थलबाट आन्तरिक उडान भएपनि अन्तर्राष्ट्रिय उडान पहिलोपटक हुन लागेको हो ।