Tuesday, June 2News That Matters

आज बाट चौदण्डीगढी नगरले आफ्नै भवन बाट कार्यसम्पादन थाल्ने

पूर्णपुष्टि, माघ २३
चौदण्डीगढी नगरपालिकाले जनताहरुको काम कार्वाहीका लागि आफ्नै व्यवस्थित प्रशासकीय भवन निर्माण गरेको छ । लामो समयदेखी बेल्टार गाउँविकास समितिको जिर्ण भवनबाट जनताको काम गरिरहेको अवस्थामा अव भने आफ्नै नवनिर्मित प्रशासकीय भवन बाट कार्य सम्पादन हुने नगर प्रमुख खेगेन्द्र राईले जानकारी दिए । राईले आईतबार देखी नगरले सम्पूर्ण प्रशासकीय कामहरु आफ्नै भवन बाट थाल्ने जनाएको छ ।

उक्त भवनको उद्घाटन शनिवार नेपाल सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेका थिए । भवन उद्घाटन सँगै औपचारिक रुपमा अव जनताको काम कार्वाही सोही वभन बाट हुने छ ।
१३ महिनाअघि वल्डवाइड रामसागर जेभीले ५ करोड ३८ लाख रुपैयाँमा भवन निर्माणको जिम्मा लिएको थियो ।

आफ्नै भवन भएपछि जनताहरुको काम गर्न सहज हुने नगरले जनाएको छ । जनताका लागि काम गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई व्यवस्थित भवनको आवश्यक रहेको र त्यसका लागि भवन निर्माण भएको हो । भनव निर्माण भएसँगै जनताहरुको सम्पूर्ण कामकार्वाहीलाई थप व्यवस्थित गर्न सहज भएको पनि नगरले जनाए ।