
पूर्णपुष्टि,फागुन १५ । आज मगर एकता दिवसको अवसरमा केहि पालिकाद्धारा सार्वजनिक विदा दिईएको छ । आज मगर समुदायले ४१ औं मगर संघ स्थापना एवम मगर एकता दिवस मनाही रहेका छन् । उक्त दिवसमा केही मगर बाहुल्य पालिकाहरुले सार्वजनिक विदा दिएको छ ।
फागुन १५ गते सार्वजनिक विदा दिनेमा गुल्मी जिल्लाका चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिका रहेका छन् । यसैगरी मगर समुदायको बाक्लो उपस्थिति रहेको तनहुँको म्याग्दे गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले पनि आज सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।
तनहुँको दमौलीमा २०३९ साल फागुन १५ गते मगर संघ स्थापना गरिएको थियो । सोहि दिनलाई मगर समुदायले एकता दिवसको रुपमा मनाउँदै आएका छन् । नेपाल मगर संघका सचिवले स्थापना दिवस परम्परागत भेषभुषासहितको ¥याली प्रदर्शनी तथा सोरठी, कौडा, सालैजो र घाटु नाचसहित मनाइने जानकारी दिए ।
मगर समुदायले नेपालका प्रथम शहीद भनिने लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने र फागुन १५ गते सार्वजनिक विदा दिनुपर्ने लगाएतका माग गर्दै आएका छन् । तर सो मागहरुलाई सरकारले संधै बेवास्था गरेको उनिहरुको गुनोसो छ ।
