Thursday, May 14News That Matters

आज महा शिवरात्री धुमधामका साथ मनाइँदै

पूर्णपुष्टि,फागुन ६ । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । फागुन कृष्ण चतुर्दशीका दिन मनाईने यो चाड कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये शिव रात्रीलाई पवित्र पर्वका रूपमा धुमधामका साथ मनाउने गर्दछन् ।

नेपालको राजधानी काठमाण्डौ प्रशिद्ध शक्तिपीठ पशुपति नाथ मन्दीर, पश्चिम नेपालकै प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दीर लगायत देशभरका भगवान शिवजीको मन्दीरहरुमा नेपाल तथा भारतका दर्शनार्थीहरूको विहानैदेखि घुइँचो लाग्ने गर्छ र धुमधामका भक्तजनहरुले पूजा आराधना गरी मनाउने गर्दछन् ।

निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुधको अभिषेक र भगवान शिवको महिमा भजन किर्तन पूजा आराधना गरी मनाइने शिवरात्री पर्वलाई पर्वको पनि राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुबैको प्राप्ती हुने धार्मिक विश्वास रहेको छ ।