Sunday, June 28News That Matters

आज मेघगर्जनसहित पानी पर्ने सम्भावना

पूर्णपुष्टि, फागुन १३ 

आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक÷दुई ठाउँबाहेक अरु ठाउँको मौसम भने सफा रहने जनाईएको छ । यो क्रम आज रातिसम्म नै रहनेछ । अहिले प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बद्ली भएको छ ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।