Thursday, April 30News That Matters

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पूर्णपुष्टि, असोज ७ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको र देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रहने र अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। पहाडी क्षेत्रका केही स्थान र अन्य भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विशेषगरी आज राति कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यी क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

मंगलबार पनि देशभर आंशिकदेखि साधारण बदली रहने र सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।