Wednesday, May 27News That Matters

आज यी प्रदेशमा हिमपातको सम्भावना

पूर्णपुष्टि, फागुन ७ गते । आज यि प्रदेशहरुमा हिमपात हुने सम्भावना रहेको छ । आज प्रदेश १ र गण्डकी प्रदेशका केहि उच्चपहाडी तथा हिमाली भु–भागका एक–दुई स्थानमा हिमपात हुने सम्भावना रहेको छ ।

आज आंशिकदेखि समान्य मौसम बदली भई तराईका एक–दुई स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागे पनि मध्यान्हपछि खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज राति प्रदेश नम्बर १ का उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुने छ ।

बिहान प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ। सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ।