Tuesday, July 7News That Matters

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

पूर्णपुष्टि,पुष २ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ। २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो।

दिवसको अवसरमा यस वर्षपनि ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाइएको छ । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो।

पछिल्लो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै ९ हजार भन्दा धेरैको ज्यान गएको थियो । यो भूकम्पबाट ८ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा धेरैको ज्यान पुरातात्विक सम्पदा भत्किए।

पछिल्लो गोरखा भूकम्पको झण्डै चार वर्ष हुन लाग्दा पनि अझै पुनर्निर्माणले गति लिएको जस्तो देखिएको छैन । यस्तै भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा रहेको नेपालमा आउँदा विपदको तयारी पनि भएको देखिँदैन।