
माघ ७ गते ।
आज विदेशी मुद्राको भाउ केहि घटबढ भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ७ पैसा तोकेको छ । हिजो खरिददर १ सय १३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा थियो ।
ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ९ पैसा रहेको छ । हिजो खरिददर २ सय ९४ रुपैयाँ ८५ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५ पैसा नै थियो ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रीदर २८ पैसा ९ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ९७ पैसा र बिक्रीदर २८ पैसा १२ पैसा रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा थियो।
कुवेती दिनार १ को खरिददर ३ सय ७३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ६६ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ७३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ४३ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ९८ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ५७ पैसा तोकेको छ । हिजो खरिददर ३ सय रुपैयाँ ८५ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ४४ पैसा थियो ।
