Friday, May 15News That Matters

आज विदेशी मुद्राको भाउ

पुस २१ गते ।

सोमबार ओमानी रियालको भाउ केही घटेको छ भने अरु विदेशी मुद्राको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १८ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९७ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो खरिददर २ सय ९८ रुपैयाँ ४६ पैसा रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ पैसा ०८ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तोकेको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७८ रुपैयाँ ३ पैसा र बिक्रीदर ३ सय ८० रुपैयाँ १ पैसा तोकेको छ ।

बहराइन दिनार १ को खरिददर ३ सय ३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३ सय ५ रुपैयाँ ४८ पैसा तोकेको छ ।