
पूर्णपुष्टि,जेष्ठ २९ । आज विश्व बालश्रम विरुद्धको दिवस । प्रत्येक वर्ष विश्वको १०० भन्दा बढी देशहरुमा बालश्रम विरुद्धको दिवस मनाउने गन्छि । बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउँने उद्देश्यका साथ प्रत्यक वर्ष जुन १२ तारिखका दिन मनाउँने गरिन्छ ।
राष्ट्रिय श्रमशक्ति सर्वेक्षण प्रतिवेदन २००८ अनुसार १६ लाख बालबालिका श्रमिकका रुपमा कार्यरत रहेका छन् । जसमध्य ६ लाख २० हजार बालबालिका निकृष्ट प्रकारको श्रममा संलग्न छन् । जोखिमपूर्ण श्रममा रहेका बालबालिकामा पनि झण्डै ६० प्रतिशत बालिका तथा ४० प्रतिशत संख्या बालकहरु रहेको पाईन्छ । यी मध्य डेढ लाख भन्दा बढी बालबालिकाहरु घरेलु श्रमिकका रुपमा कार्यरत रहेको विभिन्न तथ्याङकनले देखाएका छन् ।
नेपाल सरकारले बालश्रम रोक्न तथा समग्र बालअधिकारको संरक्षण तथा संवद्र्धनका लागि बालअधिकार सम्वन्धि महासन्धि १९८९,श्रमका लागि न्यूनतम उमेर निर्धारण सम्वन्धि आइएलओ महासन्धी १३८ र निकृष्ट प्रकारको बालश्रम उन्मुलन सम्वन्धि महासन्धि १८२ लाई अनुमोदन समेत गरेको छ ।
५ देखि १७ वर्ष उमेरको बालबालिकालाई श्रममा लगाएमा बालश्रमिकको रुपमा लिने गरिएको छ ।
बालबालिकाहरुले भोगेका मानसिक तथा शारीरिक समस्याहरुबारे छलफल गरी जागरुक फैलाउन यस दिवसले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
