
फागुन ६ गते ।
आज सवै विदेशी मुद्राको भाउ घाटेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ कोे खरिददर १ सय १३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो पनि खरिददर १ सय १३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ५१ पैसा नै थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको थियो ।
ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर २ सय ९६ रुपैयाँ ४५ पैसा तोकेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४५ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५० पैसा र र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा नै थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा तोकेको थियो ।
कुवेती दिनार १ को खरिददर ३ सय ७२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ७८ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ७३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ५६ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ३५ पैसा तोकेको छ । हिजो खरिददर ३ सय २ रुपैयाँ १४ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ७३ पैसा तोकिएको थियो ।
