Wednesday, June 3News That Matters

आज साँझपख पानी पर्न सक्ने सम्भावना

बैशाख ६ 

अहिले पहाडी भेगको केही ठाउँमा आंशिकदेखि समान्य बादल लागेको भए पनि धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले मौसम सामान्यतया सफा रहेको भए पनि बेलुकीपख देशका पहाडी ठाउँहरुमा सामान्य पानी पर्ने महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले बेलुकीपख देशका मध्य र पूर्वी पहाडका विभिन्न ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

केही दिनदेखि लगातार हावाहुरीसहित परेको पानीले आकाशमा लागेको तुवाँलो पनि हटेर गएको छ । केही दिनअघि तुवाँलोले पारदर्शितामा कमी आएको थियो ।

पानी पर्नुअघि प्रदूषण र तुवाँलोका कारण काठमाण्डौको त्रिभुवन विमानस्थल आसपासको भिजिबिलिटी एक हजार मिटरमा झरेको थियो । अहिले औसतमा ६ देखि ८ हजार मिटरमा पुगेको छ ।

हावाहुरी र वर्षासँगै धेरैजसो ठाउँको वायु प्रदूषण पनि केही सुधार भएको छ । काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँमा वायु प्रदूषण मध्यम अवस्थामा रहेको वातावरण विभागले जनाएको छ ।

अहिले प्रि–मनसुनको समय भएकोले पहाडी क्षेत्रमा दैनिकजसो बेलुकीपख बादल लागेर केही ठाउँमा सामान्य पानी पर्छ । यो हप्ताभरि नै बिहान र दिउँसो समान्यतया मौसम सफा भएर  बेलुकीपख मौसम बादल लाग्ने जनाईएको छ ।