Saturday, August 8News That Matters

आज सुनको भाउ फेरी सस्तीयो

पूणर्पुष्टि, पौष ८

सुनको भाउ फेरी घटेको छ । बुधबार प्रतितोला ९ सयले सुनको भाउ घटेको छ । छापावाला सुन मंगलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । बुधबार प्रतितोला रु ९०० ले ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन मंगलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा बुधबार भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ ।

यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी बुधबार भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको छ ।